सहकारीले बढी ब्याज लिएमा तुरून्त खबर गर्नुहोस

चरिकोट /अनिल दहाल– सहकारी पत्रकार समाजले आयोजना गरेको “सहकारीको सन्दर्भ ब्याज दर ” को विषयमा सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले सहकारीले ब्याजदर बढी लिएको थाहा पाए तत्काल खबर गर्न आग्रह गरेका छन् । सरकारले तोकेको ब्याज दर भन्दा बढी कुनै सहकारीले बढी ब्याज लिएमा तुरून्त खबर गर्न आग्रह गरेका छन् । ऋणको ब्याजदर १४.७५ प्रतिशत भन्दा बढी लिन पाइने छन । यदि कुनै सहकारीले तोकेको भन्दा बढी लिएमा त्यस्ता सहकारीलाई कारबाही गरेरै छाड्ने उनले बताए । सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारीमा सन्दर्भ ब्याजदर सम्बन्धी भर्चुअल बहसमा सहकारी विभागका रजिष्टार पाण्डेले सहकारी विभागले तोकेको ब्याजदर कार्यान्वयन नगर्ने सहकारी ल्याउन चुनौती दिँदै भने, ‘ब्याजदर कार्यान्वयनमा गएन भन्नु गलत हो । यदि कसैले कार्यान्वयन गरेका छैन भने हामीलाई त्यस्ता संस्था देखाउन आग्रह दिन्छु । यदि मैले कारवाही गर्न सकिनँ भने सरुवा गरिदिन आग्रह गर्छु । ’ सन्दर्भ ब्याजदर कर्याान्वयन नगरेको दुई सहकारीलाई कारबाही गरेको बताउँदै फेरि त्यस्ता सहकारीबारे विभागलाई जानकारी दिन पनि उनले भनेका छन् । सहकारी ऐनर नियमावली व्यवस्था अनुसार सन्दर्भ ब्याजदर कार्यान्वयन गरिएको उनको भनाइ छ । त्यसतै कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले कम्तिमा लघुवित्तकै हाराहारीमा ब्याजदर कायम गरिनुपर्ने बताए । हाल लघुवित्तमा अहिले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन पाइनेछैन । महासंघका अध्यक्ष कंडेल यसलाई पुनर्विचार गरी लागु गरि लागू गर्नु पर्न बताए । हाल सहकारी विभागले तोकेको नयाँ सन्दर्भ ब्याजदर कात्तिक १५ गतेबाट लागु हुने भनिएको छ । यस भन्दा पहिलो पटक सन्दर्भ ब्याजदर गत साउन १९ तोकिएको थियो ।

Shares

Be the first to comment on "सहकारीले बढी ब्याज लिएमा तुरून्त खबर गर्नुहोस"

Leave a comment

Your email address will not be published.


*