सहकारीको वर्तमान चुनौती, व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता विषयक अन्तरक्रिया सम्पन्न

कोट(दीस)ः सदरमुकाम चरिकोटमा दोलखा जिल्ला भित्रका १० करोड माथि पूँजि भएका सहकारी संस्थाहरुका अध्यक्ष तथा व्यवस्थापकहरुका बीच सहकारीको वर्तमान चुनौतीहरु व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता विषयक अन्तरक्रिया सम्पन्न भएको छ । अन्तक्र्रिया बिहिवार सम्पन्न भएको हो ।
जिल्ला सहकारी संघ लि., दोलखा जिल्ला वचत तथा ऋण सहकारी संघ लि. र व्यवस्थापकहरुको साझा मञ्चको संयुक्त आयोजनामा आन्तक्र्रिया सम्पन्न भएको जिल्ला सहकारी संघ दोलखाका महासचिव दिलबहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला भित्रका २८ ओटा सहकारी संस्थाहरुको उपस्थिति रहेको महासचिव केसीको भनाई छ ।
कार्यक्रम ले ११ बुदे साझा प्रतिवद्धता समेत जारी गरेको छ । कार्यक्रम जिल्ला सहकारी संघ लि. दोलखाका अध्यक्ष देवी प्रसाद शर्माको अध्यक्षता र प्रोस्कुनका महासचिव जिवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका बारेमा व्ययवस्थापकहरुको साझा मञ्चका तर्फबाट दिपक बस्नेतले प्रस्तुतीकरण दिनुभएको थियो भने उक्त प्रस्तुति माथि ईश्वर न्यौपाने, नबराज दहाललगाएतले टिप्पणी गर्नु भएको थियो ।

Shares

Be the first to comment on "सहकारीको वर्तमान चुनौती, व्यवस्थापन र कानूनी कार्यान्वयनमा एकरुपता विषयक अन्तरक्रिया सम्पन्न"

Leave a comment

Your email address will not be published.


*