सहकारीका सेवा व्यवसायिकता बढाउन तालिम

बनेपा(दीस) –सहकारीका सेवा तथा उत्पादनमा व्यवसायिकता बढाउन दोलखाको तामाकोसी गाउँपालिकामा रहेको भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले व्यवसायिकीकरण तालिम शुक्रबारबाट शुरु गरेको छ ।

सो सहकारीको आयोजना तथा राष्ट्रिय सहकारी बैंक लिड्डको प्राविधिक सहयोगमा काभ्रेपलाञ्चोकको बनेपामा सो तालिम गरिएको हो । संस्थाका अध्यक्ष श्यामकाजी कटुवालको अध्यक्षतामा भएको कार्यक्रमको उद्धघाटन गर्दै पूर्वपर्यटन मन्त्री तथा नेकपाका ३ नम्बर प्रदेशका सचिब आनन्दप्रसाद पोखरेलले संस्थाले सञ्चालन गर्न लागेको दाना उधोगलाई व्यवसायिक बनाउन टेवा पुग्ने बताए ।
गै¥ह वित्तीय र वित्तीय कारोवारको लागि तालीम लाभदायक हुने र सहकारी अझ व्यवसायिक हुने पोखरेलले बताए । तालीममा सञ्चालक, सल्लाहकार तथा उपसमिति र कर्मचारी गरी २० जनाको सहभागिता रहेको छ । तालीमको प्रशिक्षकको रुपमा राष्ट्रिय सहकारी बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्य रहेका छन ।
तालिम ३ दिन संन्चालन हुने संस्था व्यवस्थापक मेघराज घिमिरे बताए । व्यवसायिकीकरण तालीममा भीमेश्वर सहकारीको विकासक्रम र हालको अवस्था, विद्यमान समस्याहरु, पर्ल्स अनुगमनको विधि तथा संस्थाको पर्ल्स विश्लेषण गरिने उनले बताए ।
त्यसैगरी तालीममा रणनीतिक योजना, ऋण विश्लेषणका आधारहरु, ऋण सम्बन्धी नीति तथा व्यवस्था, मानव संशाधन सम्वन्धी नीति तथा अन्य नीतिहरु समेतको बारेमा तालिममा सहजीकरण हुने संस्थाका अध्यक्ष कटबालले जानकारी दिए ।

Shares

Be the first to comment on "सहकारीका सेवा व्यवसायिकता बढाउन तालिम"

Leave a comment

Your email address will not be published.


*