सशस्त्र प्रहरीले फेरि समात्यो चितुवाको छाला

दीक्षण समाचार
सिंगटी, १३ जेठ
सशस्त्र प्रहरी बलले सोमबार पनि सिंगटीमा चितुवाको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १८ गुल्म दोलखाद्धारा हिमचितुववको छाला सहित सोमबार साँढे १० तिर विगू गाउँपालिका वडा नं. ४ ओलीटारबाट ४ जनालाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक सुमन कुमार बि.क.को कमाण्डमा खटिएको ११ जनाको गस्ती टोलिले जिल्ला
वलीटारमा अवैध रुपमा बिक्रि गर्दै गरेको छ भन्ने बिषेश सुराकीको आधारमा हिम चितुवाको छाला सहित ति व्यक्तिहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक किरणकुमार कठायतले जानकारी दिए । ८ फिट लामो हिम चितुवाको छाला सहित बा ९० प ८५१९ नं. को रातो पल्सर मोटर साइकल समेत नियन्त्रणमा लिएको उनले बताए ।
छाला सहित पक्राउ पर्नेमा भिमेश्वर नगरपालिका वडा नं. २का मिलन गोले, गौरीशंकर गाँउपालिका वडा नं. ५ सुरीका जगदिश खड्का र बिगु गाँउपालिका वडा नं. ४ का भिम बहादुर तामाङ्ग रहेका छन् । उनीहरुलाई गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालय चरिकोटमा बुझाएको छ । सशस्त्र प्रहरीले यस अघि पनि बन्यजन्तुको छाला सहित विभिन्न व्यक्तिहरुलाई पक्राउ गर्दै आएको छ ।

Shares

Be the first to comment on "सशस्त्र प्रहरीले फेरि समात्यो चितुवाको छाला"

Leave a comment

Your email address will not be published.


*