सवारी दुर्घटनामा परी भीमेश्वर नगरपालिकाका एक जनाको मृत्यु

चरिकोट (दीस) – सवारी दुर्घटनामा परी अाज भीमेश्वर नगरपालिकाका एक जनाको मृत्यु भएको छ । सदरमुकाम चरिकोटबाट तामाकोशीतर्फ जाँदै गरेको प्रदेश नम्बर ३ ०१०२४ च ५९१९ नम्बरको योद्धा गाडि र चरिकोट आउँदै गरेको बा ७५ प ४५२१ नम्बरको मोटरसाइकल चरिकोट स्थीत बालगृह नजिक एक आपसमा ठोकिएर भीमेश्वर नगरपालिका वडा नम्बर ४ का ३३ वर्षीय उमेश श्रेष्ठको मृत्यु भएको हो । घाइते श्रेष्ठको चरिकोट स्थीत पशुपति चौलागाई स्मृती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । उहाँसँगै मोटरसाइकलमा सवार उहाँकी श्रीमती सजिता श्रेष्ठ घाइते हुन्ु भएको छ । उहाँको अबस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Shares

Be the first to comment on "सवारी दुर्घटनामा परी भीमेश्वर नगरपालिकाका एक जनाको मृत्यु"

Leave a comment

Your email address will not be published.


*