सवारी दुर्घटनामा घाइते चालकको अवस्था गम्भिर, १७ जना उपचारपछि डिस्चार्ज

दीक्षण समाचार
चरिकोट, असार १९
दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ८ स्थित बोचमा सवारी दुर्घटना परी घाइते भएका १७ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । काठमाडौँबाट चरिकोट आउँदै गरेको प्रदेश–३–०१–००५ ख ९६९७ नम्बरको बस र चरिकोटबाट काठमाडौँ गइरहेको बा ३ ख ७४६३ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्किँदा बसमा सवार २२ जना घाइते भएका थिए । ती मध्ये १७ जना चरिकोटका विभिन्न अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका हुन् । प्रदेश–३–०१–००५ ख ९६९७ नम्बरको बसका चालक पदम बहादुर श्रेष्ठको भने गम्भिर अवस्था रहेको छ । चालक सहित अन्यको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक राजेश सिग्देलले बताउनुभयो ।

Shares

Be the first to comment on "सवारी दुर्घटनामा घाइते चालकको अवस्था गम्भिर, १७ जना उपचारपछि डिस्चार्ज"

Leave a comment

Your email address will not be published.


*