सवारी चालकसँग पाँच मिनेट

काभ्रेपलाञ्चोक(दीस) ः जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘चालकसँग पाँच मिनेट’ कार्यक्रम सञ्चालन गरेको छ । बिपी राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सो कार्यक्रम सञ्चालन गरेको हो ।
बिपी राजमार्गमा सवारी दुर्घटना बढ्दै गएपछि प्रहरीले जिल्ला स्वास्थ्य कार्यालयसँगको सहकार्यमा साना तथा ठुला सवारीका चालकलाई उक्त कार्यक्रम राखेको जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बुधबारदेखि बिपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङ बाट उक्त कार्यक्रम सुरु गरिएको कार्यक्रम जिल्ला अन्तर्गतका अन्य राजमार्ग एवं सहायक मार्गमा सञ्चालन गर्दै जाने ट्राफिक प्रहरी कार्यालयको भनाई रहेको छ ।
काभ्रे जिल्लामा चालु वर्षको पुस मसान्तसम्म २२ जनाको दुर्घटनामा मृत्यु भएको छ भने ८२ दुर्घटना भएको प्रहरीको तथ्याङ्क छ । तीव्रगति, अस्वाभाविक प्रतिस्पर्धा तथा चालकको अनिन्द्राका कारण दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।

Shares

Be the first to comment on "सवारी चालकसँग पाँच मिनेट"

Leave a comment

Your email address will not be published.


*