सलमान खानले २ सय ५० करोड अफरलाई एक सेकेन्डमा अस्विकार गरे किन गरे ?

एजेन्सी –बलिउडका नायक सलमान खानले २ सय ५० करोड अफरलाई एक सेकेन्डमा अस्विकार गरेका छन् । सलमानको फिल्म राधे तयार भइसकेको छ र अब यसलाई दर्शकमाझ पुर्याउनका लागि सामान्य परिस्थितीको प्रतिक्षा गरिँदै छ । कोभिडको कारण हाल बलिउडमा फिलिमको रिलिज गर्ने ओटीटी प्लेटफर्मको विषयमा थियो ।

 

बलिउडका थुप्रै निर्माताको अहिलेको पहिलो रिलिज भनेको ओटीटी प्लेटफर्म नै हो । सिंगल स्क्रिन सिनेमाघरहरुका लागि सबैभन्दा धेरै कमाई सलमानको फिल्मबाट हुन्छ र उनीहरु राधेलाई व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । केही दिन अघि ओटीटी प्लेटफर्मका राधेलाई देखाइने भनिएको थियो, यसको व्यापक चर्चा हुनु स्वभाविक थियो । सलमानसँग जोडिएको स्रोतका अनुसार एक ओटीटी प्लेटफर्मले सलमानलाई २५० करोड भारुको अफर पनि दिएको थियो । सलमानले यो अफर अस्विकार एक एक सेकेन्ड पनि लगाएनन स्रोत भन्यो । उनले फिल्म सिनेमाघरमा नै रिलिज हुने स्पष्ट पारिदिए ।

Shares

Be the first to comment on "सलमान खानले २ सय ५० करोड अफरलाई एक सेकेन्डमा अस्विकार गरे किन गरे ?"

Leave a comment

Your email address will not be published.


*