सर्तकता अपनाउदैँ मालमोत कार्यालय दोलखाको सेवा प्रवाह

फाइल फाेटाे

चरिकोट, जेठ ३२
कोरोना भाइरसबाट सुरक्षित भई मालमोत कार्यालय दोलखाको असार १ गतेदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनले गर्दा बन्द भएको कार्यालय करिब ३ महिनापछि उच्च सर्तकता अपनाउदैँ पुनः सुचारु हुने भएको हो ।
मालमोतका सेवाग्राहीलाई कार्यालय प्रवेश गर्नु अघि साबुन पानीले हात धुवाइने र ज्वरो नाप्ने व्यवस्था गरिएको छ । कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन टोकन प्रणाली अपनाइएको छ । दैनिक २५ वटा र ठाडो रोक्का १५ वटा टोकन प्रणालीका आधारमा सेवाग्राहीलाई सेवा प्रवाह गरिने कार्यालयका सहायक कम्प्युटर अपरेटर अर्जून प्रसाद चौलागाईँले बताए । सेवाग्राही, लेखापढी व्यवसायी र कर्मचारी समेतलाइ अनिवार्य मास्क र पञ्जा लगाई कार्यालय प्रवेश गराइने उनले बताए ।लकडाउनको समयमा कार्यालयको आन्तरिक कार्य सञ्चालन गरिएको भएपनि नियमित सेवा प्रवाह भएको थिएन । सोमबारदेखि भने कार्यालयको सबै नियमित सेवा प्रवाह हुने कार्यालयले जनाएको छ ।

Shares

Be the first to comment on "सर्तकता अपनाउदैँ मालमोत कार्यालय दोलखाको सेवा प्रवाह"

Leave a comment

Your email address will not be published.


*