सरकारले राजनितिको नाममा हुने अपराधिकरणलाई रोक्छ–मन्त्री बास्कोटा

श्रृजन कुमार घिमिरे
कात्तिक ५

नेपाल सरकारका प्रवक्ता एबंम संघीय सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले राजनितिको नाममा हुने अपराधिकरणलाई रोक्ने बताउनु भएको छ । आज दोलखाको सदरमुकाम चरिकोटमा रहेको रेडियो शैलुङको बार्षिक उत्सव कार्यक्रमको उद्धघाटन गर्दै मन्त्री बास्कोटाले राजनितिको नाममा हुने अपराधिकरण लोकतन्त्र र कानुनी राज नभएको बताउनुभएको छ । मान्छेले बाँच्न पाउने हक छिन्ने अधिकार कसैलाई नभएको उहाँले बताउनु भयो । उहाँले प्रतिपक्ष कांगे्रसले आलम पक्राउ सन्र्दभमा १२ वर्ष पछि मुद्धा सरकार उठाएको विषयमा अनावस्यक बखेडा झिकेको बताउनु भयो । उहाँले देश प्रगति पथ तिर जाँदै गरेको र देश सामाजिक न्याय तिर उन्मुख भएको बताउनु भयो । त्यसको नजिता कुर्न आग्रह गर्नुभयो । “हामीसँग इमान्दारिता , हामीसँग न्याय छ ,त्यस अधारमा देशलाई माथी उठाउनु पर्दछ ” मन्त्री बास्कोटाले भन्नुभयो । विगतका सरकारले विगारेको कामलाई यो सरकारले निर्माण गर्दै आएको उहाँले दावी गर्नुभयो । सरकारले नयाँ कार्यको सुरुवात गरेको बताउनु भयो । उहाँले देशको विकास सवै क्षेत्रमा भएमात्र देशको विकास हुने बताउनु भयो ।सरकार बनेको २० महिना मात्र भएको र जनताले अब ३ बर्षमा सरकारले गरेका काम अनुभुत गर्ने मन्त्री बास्कोटाले बताउनु भयो । “नेपालको पत्रकारिता अवको दिशा छुट्याउनु पर्ने बताउनु भयो । अब पत्रकारिता व्यवसायिकता तिर उन्मुख हुनु पर्ने उहाँले बताउनु भयो । भम्रको खेती बन्द गर्न पत्रकारिता क्षेत्रलाई मन्त्री बास्कोटाले आग्रह गर्नूभयो ।
सो कार्यक्रममा बोल्दै सांसद पार्वत गुरुङले आफुले दोलखाको विकासमा सधै सहकार्य गरेर लागेको बताउनु भयो । कार्यक्रममा पुर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले सरकारले जनताले अनुभुत हुने गरि बिकास अगाडी बढाएको दावी गर्नूभयो ।कार्यक्रममा,३ नम्बर प्रदेशका सांसद पशुपति चौलागाई तथा रचना खडका , नेकपाकी नेत्री देवी खडका ,जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे , भिमेश्वर नगरपालिकाका मेयर भरत के.सी .शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल, मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ ,नेकपा दोलखाका सचिब गोपाल पाण्डे ,नेपाली कांगे्रस दोलखाका माहासमिति सदस्य केशव चौलागाई , रेडियो शैलुङका अध्यक्ष शिव भण्डारी , रेडियो शैलुङका निर्देशक होम पाठकले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

Shares

Be the first to comment on "सरकारले राजनितिको नाममा हुने अपराधिकरणलाई रोक्छ–मन्त्री बास्कोटा"

Leave a comment

Your email address will not be published.


*