सरकारको सक्रियताः मेलुङबाट सुत्केरीको हेलीकप्टरबाट उद्धार

–सुशीलदर्नाल
काठमाडौँ, ३० पुस । दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दाभुजेलले गर्भवतीभएको ३२ हप्तामाशिशु जन्माइन । सामान्यतया ३५ हप्तामापुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्याभयो ।

शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकोप्टरको सहायतामा सुत्केरी भुजेल र बच्चालाई तत्काल काठमाडौँस्थितमहाराजगञ्जस्थितकान्तिबाल अस्पतालमा ल्याएर उपचार गराउपछि ा अहिले आमा र बच्चादुबैको स्वास्थ्य सामान्य छ ।

बिन्दाको आर्थिक अवस्थाअत्यन्तकमजोर छ । “जन्मिनु पर्ने समयभन्दा अगाडि नै बच्चा जन्मिएपछि सास फेर्नसमेत नसक्ने भयो र त्यसको उपचार सदरमुकाम चरीकोटमा कठिन भएकाले मन्त्रालयले हेलिकोप्टरबाट काठमाडौँ ल्याउन सहयोग ग¥यो र बच्चालाई बचाउन सकियो । तत्कालै काठमाडौँ ल्याउननसकेको भएबच्चालाई बचाउन सकिँदैनथ्यो होला”, भुजेलले भनिन् ।

त्यसैगरी हुम्लाजिल्लाको चङ्खेतीगाउँपालिका–३ पिमलाङ निवासी २१ वर्षीया नीरा शाही सुत्केरी हँदाअत्यधिक रक्तश्राव भएपछि उक्तमन्त्रालयले हेलिकोप्टरमार्फत हुम्लाबाट मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याउने कामग¥यो । मन्त्रालयले भुजेलको र शाहीको मात्रहोइन, सुत्केरी हुने अवस्थामा स्वास्थ्यमा समस्याभई जोखिममा रहेकाअन्यमहिलालाई समेत हवाई उद्धार गर्दै आएको छ ।

मन्त्रालयले यहीकात्तिक ३० देखि दुर्गम क्षेत्रकाजोखिममा परेकागर्भवतीतथा सुत्केरी महिलाकालागिहवाई उद्धारकार्यमातीव्रतादिएको छ । राष्ट्रपति महिलाउत्थानकार्यक्रमअन्तर्गत सञ्चालनगरिने धेरै कार्यक्रममध्ये मन्त्रालयले दुर्गम क्षेत्रकाजोखिममा परेकागर्भवतीतथा सुत्केरीकालागिहवाई उद्धार कार्यक्रम सञ्चालन गरेको हो । उक्तकार्यक्रमकालागि यो आर्थिक वर्षमा रु ३० करोडविनियोजन गरिएको छ ।

मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धीकार्य्विधि, २०७५ अनुसार दार्चुला, बैतडी, बाजुरा, रोल्पा र सल्यानलगायत ३४ जिल्लाकागर्भवतीतथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्याभई ज्यानजोखिममा रहेकामहिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याइने उल्लेख छ । मन्त्रालयका सहसचिवतथामहिला सशक्तिकरण महाशाखाप्रमुख रुद्रादेवीशर्माले महिलाको सुरक्षित र प्रजनन् स्वास्थ्यसम्बन्धीहककार्यान्वयनगर्ने उद्देश्यले पनिमन्त्रालयले उद्धारकार्यलाई अगाडि बढाएको बताए ।

उद्धारकालागि सहसचिवशर्माको नेतृत्वमा समन्वय समितिसमेत गठन गरिएको छ । समितिमा गृह मन्त्रालय, स्वास्थ्यतथाजनसङ्ख्यालगायतविभिन्नमन्त्रालय र हवाई सेवानिर्देशनालयकाप्रतिनिधि सदस्य हुनुहुन्छ । नियमितयातायात सेवानपुगेकादुर्गम हिमालीतथा पहाडी क्षेत्रमाबसोबास गर्ने महिलाको प्रजनन् स्वास्थ्यकाकारण हुनसक्ने सम्भावित मृत्यु हुनबाट बचाउने उद्देश्यले हवाई उद्धार कार्यक्रमल्याइएकोे हो ।

तत्कालकालागि उद्धारमा नेपाली सेनाको हेलिकोप्टर प्रयोगमाल्याएपनि केही समयपछि सेवाप्रदायक संस्था सार्वजनिकखरिद ऐन, २०६३ माभएको व्यवस्थाबमोजिम सरकारी तथानिजी क्षेत्रका सेवाप्रयोगमाल्याइने मन्त्रालयले जनाएको छ ।

जिल्लास्तरमापनिसिफारिश समिति गठन गरिएको छ । सहसचिवशर्माले भन्नुभयो, “कार्य्विधिअनुसार स्थानीयस्तरमाउपचार हुन सकेन भने आर्थिक अवस्थाकमजोर भएकागर्भवती र सुत्केरी महिलालाई हवाई वाएम्बुलेन्समार्फत निःशुल्क उद्धार गरेर नजिकको अस्पतालसम्म पु(याउने काममन्त्रालयले गर्दै आएको छ ।” सुत्केरीलाई अन्यआर्र्िथक सहयोगबारे भने कार्य्विधिले बोलेको छैन । –रासस

Shares

Be the first to comment on "सरकारको सक्रियताः मेलुङबाट सुत्केरीको हेलीकप्टरबाट उद्धार"

Leave a comment

Your email address will not be published.


*