सम्वृद्ध शैलुङ निर्माण हाम्रो एक मात्र लक्ष्य होः भरत दुलाल

स्थानीय तह निर्वाचन भएको डेढ वर्ष भयो । यो अवधीमा जनप्रतिनिधिहरुले कस्तो काम गरिरहेका छन् ? विगतमा निर्वाचनमा घोषणा पत्र अनुसार मत पाएर विजयी भए तापनि यसलाई कत्तिको कार्यान्वयन गरेका छन् लगायतका विषयमा शैलुङ गाउँपालकाका अध्यक्ष भरत प्रसाद दुलालसँग दीक्षण दैनिकका लागि गरिएको संक्षिप्त अन्र्तवार्ताः

लामो समय जनप्रतिनिधी रिक्त भएको अवस्थामा निर्वाचित भएर आउनु भयो ? यो डेढ वर्षको अवधीमा जनचाहाना कति पूरा गर्न सक्नू भयो ?

इतिकासमा नै पहिलो स्थानीय तहको निर्वाचन पहिलो पटक भएको हो । हामी निर्वाचित भएर आउँदा त्यसकारण स्थानीय तहका संरचना व्यवस्थित थिएन । वडा कार्यालय थिएन । यो एक वर्षमा सांगठानिक प्रणालीलाई बलियो बनाएका छांै । अहिले गाउँपालिका व्यवस्थित भएको छ । हाम्रा ८ वटा वडा कार्यलय व्यवस्थित भएका छन् । हाम्रा सामथ्र्यलाई बढाउन खोजेका छौं ।
हामीसँग ऐन कानुन थिएन । हामीले गाउँपालिकाले बनाउने २३ वटा ऐन नियम कानुन बनाएका छांै । विषयगत कार्यलय व्यवस्थापन गरेका छौ । हामीसँग कर्मचारी अभाव थियो ,अहिले पनि त्यो कामय छ । तर हामीले केही प्राविधिक कर्मचारी गाँउपालिका आफंैले व्यवस्थापन गरेका छौ ।  गाउँपालिकाको अस्थित्व कायम भएको छ ।

भने पछि तपाईहरुलाई अहिले कर्मचारीको समस्या छैन ?

हैन समस्या छ, एक जना वडा सचिवले २ वटा वडा कार्यलय हेर्नू भएको छ । हामीसँग एक जना प्रशासकीय अधिकृत हुनूहुन्छ । प्रसासकिय अधिकृतको पनि सरुवाको हल्ला आउने गरेको छ ।
हामीसँग एक जना नासू एक, लेखाको एक  कर्मचारी पनि बागवाणी केन्द्रबाट काजमा हुनु हुन्छ, त्यसकारण २ तिर हेर्नु पर्ने भएकाले हामीलाई लेखामा पनि कर्मचारी आवश्यक रहेको छ । लेखाको कर्मचारी वाहेक हामीसँग प्रशस्त कर्मचारी अहिले पनि छैनन् । प्राविधिक कर्मचारीको हामीले व्यवस्थापन गरेका छौं । तर संघीय सरकारले पठाउने कर्मचारीको अभाव रहेको छ ।

तपाईहरु एक वर्ष त आन्तरिक तयारीमा विताउनु भयो । जनताले देख्ने काम पनि त केही न केही गर्नू भएको होला केके छन् ?

हामीले यो अवधीमा केही मुख्य कार्य गर्व लायकको काम गरेका छौं । हाम्रो गाउँपालिकाको मुख्य धरोहर भनेको शैलूङ हो , पहिला सो ठाउँमा जान रामेछापको बाटो भएर जानु पर्दथ्यो । त्यहाँ जान मुस्कील थियो । त्यस विचम हामी १२ किलामिटर गाउँपालिका आफनै लगानीमा बाटो निर्माण गरेका छौं , गाउँपालिकाको केन्द्रबाट कालापानीसम्म बाटो पु¥याउन सफल भएका छांै । त्यो एक बर्षको उपलब्धी हो । त्यसपछि वडा केन्द्र जाने बाटोलाई सात मिटर चौडाई बनाएका छौं ।
२ वडा केन्द्रमा अहिलेसम्म वाटो पु¥याउन सकेको छैन । अरु ६ वटामा वडा केन्द्रमा हामीले वाटो पु¥याएका छांै । त्यसैगरी गाउँपालिकाले मुडे–मेलुङको सडक लामो समय ठेक्का लागेर पनि काम हुन सकेको थिएन । सडकले काम नभएको कारण  दुख पाएका थियांै । त्यसलाई रद्ध गर्न ठुलो कठिनाई भएको थियो । त्यसलाई ठेक्का तोडेर गाउँपालिकाले नै बाटोलाई स्तरोन्नोती गरेका छौ ।
अरु शिक्षा सिंचाई स्वास्थ्य जस्ता सामाजिक क्षेत्रमा काम गरेका छौं । ंत्यसको केही समयपछि प्रदेशबाट सो सडक निर्माणको लागी १४ करोड २५ लाखको ठेक्का पार्न सफल भयौं । त्यसको नतिजा अर्को बर्ष देख्न सक्छौं । त्यो सवैभन्दा उपलब्धी हो ।  त्यसैगरी समृद्ध शैलुङ बनाउने जिम्मेवारी हाम्रो काँधमा रहेको छ । त्यो हाम्रो पालामा सबै नहुन पनि सक्छ । २० वा ५० वर्ष लाग्न सक्छ । त्यसको आधार बनाउने जिम्मेवारी हामीसँग छ । त्यसको आधार बनाउन हामी लागेका छांै । ऐन कानुन बनाउने काम जिम्मेवारी थियो । बनाउन सफल भएका छौं । हामी पहिला पछाडी परेको ठाउँमा थियौ । त्यस बावजुत पनि सीमित स्रोत साधन तथा सीमित कर्मचारीको मेहनतले कार्यसम्पादन गरेका छांै । अरु ४ बर्षमा  त्यो उपलब्धी हासिल गर्नेछौं । हामी सत प्रतिशत सन्तुष्ट हुन नसेके पनि गर्व गर्न लायक काम गरेका छांै ।

पाईले मुडे मेलुङ सडकको ठेक्का रद्ध गर्नू र त्यस सडकमा प्रदेशबाट फेरि बजेट पार्नु उपलब्धी हो भन्नु भयो तर धेरै जनताले तपाईहरुको कारण गएको वर्षात्मा झन दुःखं पाएको आरोप छ नि ?

धेरै मान्छे भन्ने विषय यही हो । हामी जनप्रतिनिधीले नीतिगत निर्णय गर्ने हो । त्यसको कार्यन्वयन कर्मचारीे गर्ने हो ।  ठुला ठेक्का प्रणाली संघीय तथा प्रदेश सरकारले ऐन कानुन अनुसार चल्ने गर्दछ । खरिद ऐन हामी संघिय सरकारको कानुन मान्नु पर्दछ ।
आर्थिक ऐन संघीय सरकारको विधि अनुसार चल्नु पर्दछ । हामी कतिपय काम छिटो गरौं ।  जस्तो लाग्छ तर विधि प्रक्रियाले ढिलो हुने गर्दछ । जनताको चाहना पनि छिटो काम गर्नु हो । हामी त्यही चाहान्छांै । विधि प्रक्रिया पालना गर्नु पर्ने भएकाले हामी त्यो गर्न सकेका छैनौं । तर हिजोको प्रणाली परिवर्तन नभएको भए पनि हामी त्यस्ता समस्या समाधान गरेर भए पनि जनताको हितमा सधै तलिन हुनेछौं । जनतालाई अनुभुति हुने गरी हाम्रो कार्यकालमा जनताले परिवर्तन देख्ने गरी काम गर्नेछांै ।

ठेक्का तोडिसकेपछि तपाई हरुले बाटो निर्माण ५० लाख बजेट खर्च गर्नु भयो त्यसले कतिको उपलब्धी भयो त ?

बाटो निर्माणमा उपलब्धी भयो गत बर्ष हेनै भयो भने गाडी निगालेमा नै रोकिन्थ्यो । त्यहाँ ३ सय मिटर बाटो सोलिङ गरेपछि बाटो लगातार जाने भयो । अगाडी अप्ठ्यारा बाटाहरु हामीले झण्डै ३ किलो मिटर वाटो सोलिङ ग¥र्याै अहिले मुडेबाट बर्खा पनि ५÷६ किलोमिटर बाटोका सहज तरिकाले सवारी साधन गुड्ने बातावरण बनेको छ । ठेक्का प्रणाली नतोड्दा हामी सहज तरिकाले बाटो मर्मत गर्न सक्दैनथ्यांैे त्यसले कानुनी जटिलता कायम गर्दथ्यौ । सो अवस्थामा दोहारो लगानी गर्न पाउँदैन्थ्यौ । कानुन मुद्धा समेत लाग्ने अवस्था थियो । ठेक्का रद्ध गर्ने बेला बर्खा सुरु भएको एक महिना भएको थियो , त्यही बीचमा हामी काम गर्न सफल भयौं । सवै क्षेत्रको बाटोको निर्माणले जनताको हितमा काम गर्न सफल भयांै । सवै क्षेत्रमा बाटो सहज नभए पनि कम्तीमा ५÷६ किलो मिटर बाटो कम्तीमा सहज बनाइयौं ।

भने पछि किसानले सोझै आलु बारीबाट बजारसम्म लान सक्नु भएको छ ?

सहज तरिकाले लान सक्नु भएको छैन होला । तर फोरहुइल ट्रक मार्फत लानु भएको छ । हामी आवात जावत गर्दा फोर उइल ट्रक प्रयोग गर्ने हो । जनताले दिनको रात नै पविर्तन चाहनु भएको ५ त्यो सम्भव छैन । देख्दा, हेर्दा एक छिनमा परिवर्तन हुन्छ जस्तो लाग्छ, त्यो सम्भव छैन । जनप्रतिनिधीको काम भनेको नीतिगत निर्णय अधिकार दिएको छ । आथर््िाक अधिकार भने दिएको छैन । आर्थिक अधिकारमा कर्मचारीलाई नै अधिकार दिएको छ । त्यही भएर केही नीतिगत निर्णयहरु ढिला भएका छन् । केही जनतालाई निरासा आएको हुन सक्छ ,त्यो पनि स्वभाविक हो । तर आग्रह गर्न चाहान्छु, निरासभन्दा पनि हनमी सवै मिलेर देशलाई समृद्ध बनाउने दायित्व रहेको छ । हामी सवै नलागेसम्म देश समृद्ध हुन्न त्यही भएर हामी जनप्रतिनिधि कर्मचारी दिन रात नभनेर काममा तलिन छौ । हामी सधै समृद्ध गाउँपालिका वनाउने अभियानमा तलिन छौं ।

चार वर्ष अवधीमा काम गरेर देखाउछौं भन्नु भयो केके गर्नु हुन्छ ?

मुख्य त हाम्रो भनेको सडक निर्माण हो । पहिलो त मुडे–मेलुङलाई सहज तरिकाले बाटो निर्माण गर्ने छौ । पाँच वर्ष भित्र वडा केन्द्रसम्म सहज तरिकाले बाटो निर्माण गर्ने छौं । हाम्रो गाउँपालिकाको धरोहर भनेका शैलुङ हो । यसलाई पर्यटकीय सांस्कृतिक रुपमा विकास गर्न चाहन्छांै । त्यसको विकासमा हामी लाग्ने छौं । त्यस क्षेत्रको विकासको लागि यस अवधीमा कालापानीसम्म सधै चल्ने बाटो निर्माण गर्ने छौं ।
घोषणा पत्र अनुसार काम भएको छ त ?
घोषणा पत्र अनुसार काम हँुदै छ । विद्यालय सुधार अभियान अन्र्तगत प्रति विद्यार्थीका दर एक हजारको अनुदान दिएका छांै । शिक्षकको अन्तरिम क्षमता तथा तालिम संचालन गरेका छौं । स्वास्थ्य क्षेत्रमा थप २ स्वास्थ्य केन्द्र स्थापना गरेका छौं । कृषि क्षेत्रमा सुधार गरैका छौं । शिक्षामा प्राविधीक शिक्षालाई जोड दिएका छौं । त्यसको उदाहण गाउँपालिका भर्खर पशु विज्ञान प्राविधिक शिक्षाको पढाई सुरु भएको छ ।

अव शैलुङको चुनौती के के छन त ?
हिजो सर्वदलीयबाट विकसित भएको सस्ंकार हटाउने एकवर्ष लाग्यो । अहिले पनि कर्मचारी अपुग छ । सवै अप्ठ्यारालाई तोडेर काम गर्दै छौं ,त्यसलाई तोडेर जानेछौ समृद्ध शैलुङ अभियानमा छौं ।

Shares

Be the first to comment on "सम्वृद्ध शैलुङ निर्माण हाम्रो एक मात्र लक्ष्य होः भरत दुलाल"

Leave a comment

Your email address will not be published.


*