सम्पन्न भएका आयोजनाको गुनासो वा सुझाब दिन आग्रह

चरिकोट(दीस)ः शैलुङ गाउँपालिकाले चाँलु आर्थिक वर्षमा सम्पन्न चार आयोजनाहरुको बारेमा उजुरी वा गुनासो केही भए पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ । गाउँपालिकाले स्थानीयहरुको राम बुझ्रन भुक्तानीको प्रकृयामा रहेका चार आयोजनाहरुको बारेमा उजुरी वा सुझाव दिन आग्रह गरेको हो । वडा नम्बर तीनमा रहेको बाघखोर पहिरो नियन्त्रण आयोजना, टासी उर्गेलिङ गुम्बा स्तरोन्नति आयोजना तथा पात्ले कालीदेविथान मन्दिर निर्माण आयोजना र वडा नम्बर चारमा निर्माण भएको हिले शिव मन्दिर निर्माण सम्पन्न भई भुक्तानीको प्रकृयामा रहेकोले ति आयोजना सम्बन्धमा उजुरी वा गुनासो भए गाउँपालिकामा पेश गर्न सार्वजनिक सूचना जारी गरिएको शैलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिव न्यौपानेले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "सम्पन्न भएका आयोजनाको गुनासो वा सुझाब दिन आग्रह"

Leave a comment

Your email address will not be published.


*