सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न

ईश्वर बिश्वकर्मा÷कविराज थामी
चरिकोट, पौष २७
दोलखाको सदरमुकाम चरिकोटमा सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण विषयक तालिम आइतबार सम्पन्न भएको छ ।
सहकारीमा सम्पत्ति शुद्धिकरणको विषयमा जानकारी दिदैँ क्षमता अभिबृृद्धि गर्ने उद्धेश्यका साथ सो तालिमको आयोजना गरिएको हो ।
तालिमको उद्धघाटन गर्दै राष्ट्रिय सहकारी बैँक लिका प्रमुख हेमन्त चौलागाईँले हरेक सहकारीले व्यवस्थापकिय पक्षलाई मजबुत बनाई सम्पत्ति शुद्धिकरणको ऐन, कानुन लागु गर्नूपर्ने बताए ।
तालिममा सहकारी विज्ञ नारायण प्रसाद ज्ञवालीले सम्पत्ति शुद्धिकरण, सम्पत्ति शुद्धिकरण निवारणको महत्व, सम्पत्ति शुद्धिकरणको स्रोतहरु सहकारीमा सदस्यता पहिचान, सहकारी संस्थाहरुका सदस्यहरुका हरेक गतिविधीको पहिचान गर्ने, सम्पत्ति शुद्धिकरण ऐन लगायतको विषयमा सहजीकरण गरे ।
तालिममा जिल्लाका विभिन्न सहकारी संघ संस्थाका कर्मचारी तथा व्यवस्थापकहरु गरि करिब ४० जनाको सहभागिता रहेको थियो । तालिमको आयोजना राष्ट्रिय सहकारी बैँक लिमिटेड शाखा कार्यालयको आयोजनामा सम्पन्न भएको हो ।

Shares

Be the first to comment on "सम्पत्ति शुद्धिकरण निवारण तालिम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*