समुदायस्तरमैँ फैलियाे कोरोना, जिरी नगरपालिकाका १६ जनामा अाज संक्रमण पुष्टि

दीक्षण समाचार
चरिकोट, बैशाख २२
दोलखाको जिरी नगरपालिकाका १६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङमा परेका पालिकाका कर्मचारी र शिक्षक सहित ३६ जनाको स्वाब संकलन गरि मंगलबार पिसिआर परीक्षणको लागी धुलिखेल पठाइएको थियो । बुधबार प्राप्त रिपोर्टमा नगरपालिकाका कर्मचारी र शिक्षक, स्वास्थ्यकर्मीसहित १६ जनालाई कारोना संक्रमण पुष्टि भएको जिरी अस्पताल जिरीका प्रमुख गौतम कुमार शाहले जानकारी दिए । उनका अनुसार संक्रमितहरुमध्ये ५ जना महिला र ११ जना पुरुष रहेका छन् । संक्रमित ३ जना जिरी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन्, बाँकी ११ जना होम आइसोलेसनमा सुरक्षित बसेका छन् । संक्रमितहरुमा सामान्य किसिमको रुघाखोकी लगायतका लक्षण देखा परेको प्रमुख शाहले जानकारी दिएका छन् । बुधबारै कोरोना संक्रमितको सम्पर्कमा आएका १३ जनाको स्वाब संकलन गरिएको र धुलिखेल पठाउने तयारी गरिएको बताइएको छ । कन्ट्याक ट्रेसिङमा आएकाहरु अन्यको पनि स्वाब संकलन गरिने अस्पताल प्रमुख शाहले बताए । जिरी नगरपालिकामा समुदायस्तरमै कोरोना फैलिएको र न्युनिकरणको प्रयास भईरहेको जनाइएको छ । कोरोनाको दोस्रो लहरअन्तर्गत बुधबारसम्ममा जिरी नगरपालिकामा २० जना संक्रिय संक्रमित पुगेका छन् ।

Shares

Be the first to comment on "समुदायस्तरमैँ फैलियाे कोरोना, जिरी नगरपालिकाका १६ जनामा अाज संक्रमण पुष्टि"

Leave a comment

Your email address will not be published.


*