“समानताको पुस्ता: अन्त्य गरौ हिंसा, विभेद र असमानता”

मितिले आज २०२० मार्च ८ गते अथवा अन्तरराष्ट्रियनारी दिवस, महिलाहरुलाई मताअधिकार दिने ध्येयले राजनितिक तवरबाट संयुक्त राज्य अमेरिकाबाट सुरुवात भएता पनि हालका दिनहरूमा संसार भरका विभिन्न महिला समूहरूद्वारा कार्यक्रमहरू आयोजना गरेर मनाउने गरिन्छ।नेपाल जस्तो विकासन्मुख देशमा पनि आफ्नो हक र अधिकारलाई सुनिश्चित गर्न आउनुहोस एकफेर संकल्प अनि संझना गरौ ति नारी पात्रहरुलाई जसले हाम्रो जिवनमा स्नेह अनि ममताको बर्षा गरेका छन , ति सबैप्रति एकफेर कृतज्ञ बनौ अनि सदा सर्वदा उनिहरुलाई सम्मान गर्ने प्रतिवद्धता जाहेर गरौ एकफेर सोचौं, हामीले हाम्रा दिदी–बहिनीहरुकालागि कत्तिको सहज अनि समान समाजको निर्माण गरिरहेका छौ?चाहे हामी महिला हौं या पुरुष, नारी समानताकालागि हाम्रो भुमिका उत्तिकै महत्वपूर्ण छ।हिजो एउटा चुलोचौकोमा मात्र सिमित महिलाहरु आज आफ्नो हक र अधिकारको लागि आफै लाग्नुभएको छ त्यो हेर्ने हो भने साचिकै प्रसंशानिय छ ।

देशको सबै भन्दा उच्च ओधामा हेर्दा महिला राष्ट्रपति हुनुहुन्छ र अरु सरकारी तथा गै¥ह सरकारी कार्यालयमा पनि महिलाहरुको सहभागीत दिनानु दिन बढिरहेको छ । तर आज पनि हाम्रो घरमा काम गर्ने महिला त पारिश्रमिक विनाका श्रमिक भएका छन । महिलाको अवस्था दयनीय छ।चुलोचौकोको कामलाई महिलाको मात्र कामको रुपमा बुझ्ने गरिएको छ। श्रमको गणना पुरुषको हुन्छ महिलाको हुन्न। पुरुष परिवारको सञ्चालक कहलिन्छ महिलाचाहिँ घरको खाना बनाउने, सफा गर्ने, लुगा धुने गृहिणी कहलिन्छे। यसलाई हेर्दा नीति नियम, नियतिएकातिर छ भने वास्तविकता अर्को्तिर छन्एक छिन सोचौं त कुनै पनि बच्चाको स्यार गर्ने कर्तव्य आमा र बाबु दुवै जनाको बराबरी हो तर कुनै घरमा बच्चालाई खाना खुवाउनु छ भनेर बाबु आफ्नो कार्यालय देखी बिदा लिएर बस्नु भएको दिखिदैन के यहा कर्तव्य बराबरी छैन? तुलानात्मक रुपमा हेर्दा पुरुषको समानता घरमा देखिदैन ।

नेपालमा हेर्दा कुल जनसङ्ख्याको ५१ दशमलव ४४ प्रतिशत महिला छन् । तथ्याङक हेर्ने हो भने अहिले पनि महिलाको अवस्था दयनीय छ। राजनीति, सामाजिक क्रियाकलाप, निजामति सेवा, प्रहरी, सेना, निजि तथा गैरसरकारी क्षेत्रमामहिलाको सहभागिता निकै कम देखिन्छ ।व्यवस्थापिकासंसदमाहेर्ने होभने लगभग २९प्रतिशतमात्रमहिलाको प्रतिनिधित्व छ।विगतको स्थानीय निर्वाचनमा जम्मा १९.३३ प्रतिशत महिला जनप्रतिनिधि थिए, ती मध्ये बढी निम्न तहका वडा सदस्य थिए ।यस निर्वाचन मार्फत देशभर सात प्रमुख, दुई सय ७६ उपप्रमुख सहित अन्य विभिन्न पदमा गरी जम्मा चौध हजार तीन सय आठ महिला विजयी भए। यो कुल संख्याको ४०.९० प्रतिशत भए पनि महिलालाई उपप्रमुखवा उपाध्यक्षमा मात्र सीमित भए ।

सात प्रदेशको मुख्यमन्त्रीमा एकजना महिला पनि परेनन् ।वर्तमान एक्काइसै शताब्दीमा पनिमहिला र पुरुषबीचको साक्षरताको खाडल करिब १७.७ प्रतिशत रहेको देखिन्छ । कुल जनसंख्याको साक्षर र जागिर योग्य महिला मध्ये जम्मा २२.५५ महिला मात्र काम गर्छन । महिलाको तलब सामान्यतया पुरुषलाई दिइएको भन्दा २५५ कम दिइएको छ । विश्वमा करिब तिन निरक्षर मध्ये दुई जना महिला पर्छन्। जसमा अहिले महिलाको र पुरुषसाक्षरता ८ प्रतिशतको अन्तर छ। त्यसैले महिलालाई हरेक ठाउँमा सहभागिता गराउन सकेमात्र महिलाहरुले सही अर्थमा फड्को मार्छन् र यस्ता दिवसको पनि सार्थकता हुन्छ। हामीले ८ मार्चलाई प्रभावकारी बनाउँने हो भने ११० औ अन्तरास्ट्रिय नारी दिवसको नारा समानताको पुस्ता अन्त्य गरौ हिंसा, विभेद र असमानता भने नारालाई जोड दिदै मूलतः अवसरबाट वञ्चित महिलालाई विकास र अवसरको मूल धारमा ल्याउनुपर्छ। सङ्गठित रुपमा रहेका श्रमिक महिलामात्र होइन, असङ्गठित रुपमा श्रम गर्ने महिलालाई पनि श्रमिककै कोटीमा राखेर मूल्याङकन गरिनुपर्छ। यस वर्षको नारी दिवसले हामी सबैलाई त्यसतर्फ अग्रसर गराओस्।छाउपडी प्रथा, बोक्सीको आरोप लाई उन्मूलन गर्दै महिला आफु पनि ब्यवहारिक्तालाई परिबर्तन गर्यौं महिनावारी भएको समयमा सबै संगै बसेर खाना खायौ, मन्दिर जानु कुनै पाप हैन मन्दिर जान सुरुवात गर्यौ ।पहिले महिला आफुले आफ्नो परिबर्तनको सुरुवात गर्नु भयो भने समाज अवश्य परिबर्तन हुन्छ।हामी महिला, पुरुषचुप लागेर नबसौ हक, अधिकार र कर्तव्य बोध गर्दै समानता र समताबोध गर्दै अवसरबाट वञ्चित महिलालाई विकास र अवसरको मुल धारमा ल्याऊँ हिंसा, विभेद र असमानता अन्त्य गरौँ।११० औँ अन्तरास्ट्रिय दिवसको शुभकामना!
ागुन २५

Shares

Be the first to comment on "“समानताको पुस्ता: अन्त्य गरौ हिंसा, विभेद र असमानता”"

Leave a comment

Your email address will not be published.


*