समाजसेवी ओम कुमार श्रेष्ठको उदाहरणीय कार्य ः एम्बुलेन्स हस्तान्तरण

ईश्वर बिश्वकर्मा
कालिञ्चोक गाउँपालिका २ बाबरेलाई समाजसेवी ओम कुमार श्रेष्ठले एकवटा एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
आफ्ना पिताको स्मृतिमा स्थापित गजेन्द्र फाउडेन्शन नेपाल, दोलखाको नाममा श्रेष्ठले शुक्रबार बाबरे स्वास्थ्य चौकीको प्राङगणमा कार्यक्रम गरि एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
। अस्पताल पुग्नबाट बञ्चित भई मृत्युको मुखमा कोहि नपरोस् भन्ने उदेश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको फाउन्डेशनले जनाएको छ । एम्बुलेन्स सञ्चालन लागि गठित सञ्चालक समितिलाई हस्तान्तरण गरिएको फाउन्डेसनका अध्यक्ष श्रेष्ठले बताए ।


कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले एम्बुलेन्स सञ्चालनले सिङ्गाो पालिकालाई राहत मिल्ने बताए । पालिकामा कोही व्यक्ति बिरामी हुँदा र दुर्घटनामा पर्दा हस्तान्तरित एम्बुलेन्स तत्काल पुग्नुपर्ने बताए । एम्बुलेन्स हस्तान्तरण गरेकोमा गजेन्द्र स्मृति फाउन्डेशन र अध्यक्ष ओम कुमारलाई धन्यवाद दिदैं एम्बुलेन्स व्यवस्थित तरिकाले सञ्चालनका लागि पालिकाले सहयोग गर्ने बताए ।


कार्यक्रममा बोल्दै फाउन्डेसनका अध्यक्षमा ओम कुमार श्रेष्ठले एम्बुलेन्स सञ्चालनले वडामा बिरामी परेका मानिसहरुलाई अस्पताल पुर्याउन सहज हुने र तुरुन्तै प्रयोग गर्न मिल्ने बताए । साथै वडामा छात्रबृत्ति प्रदान, वाईफाइ जडान, पुस्ताकालय निर्माण र अन्य सामाजिक कार्यलाई अगाडि बढाउने बताए । एम्बुलेन्स व्यवस्थित तरिकाले सञ्चालनका  लागी महेन्द्र श्रेष्ठलाई एम्बुलेन्स चालकको रुपमा सञ्चालक समितिले नियुक्त गरेको छ । एम्बुलेन्स सञ्चालनले वडा वासी र पालिका वासी खुशी भएका छन् ।

स्थानीय गोप्ले थामीले स्वास्थ्य चौकीसम्म बिरामीलाई उपचारका लागि डोकोमा हालेर लानुपर्ने बाध्याता हटेकाले खुशी व्यक्त गरे । एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा कालिञ्चोक गाउँपालिका कार्यपालिका सदस्य चन्द्र बहादुर थामी, वडाध्यक्ष नानी पाण्डे, वडा सदस्य जहान सिङ थामी, फाउन्डेशनका सचिव केदार प्रसाद खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कालिञ्चोक गाउँपालिकामा यो सगैं ३ वटा एम्बुलेन्स सञ्चालनमा आएको छ ।

Shares

Be the first to comment on "समाजसेवी ओम कुमार श्रेष्ठको उदाहरणीय कार्य ः एम्बुलेन्स हस्तान्तरण"

Leave a comment

Your email address will not be published.


*