समाजमा सहयोग अगाडी बढाउदै सामुदायिक अस्पताल (फोटो फिचर सहित )

भदौ २९, चरिकोट । राष्ट्रिय बाल दिवस २०७५ को अवसरमा दोलखा सामुदायिक अस्पतालले गौरीशंकर बालगृहलाई खाद्यन्न सहयोग गरेको छ । भीमेश्वर नगरपालिकाको आयोजना तथा जिल्ला बालकल्याण समितिको समन्वयमा सहयोग कार्यक्रम भएको हो । दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृतबहादुर बुढाथोकीले १० बोरा चामल, १ बोरा दाल र भीमेश्वर नगरपालिकाले बालबालिकालाई कपडा ट्रयाकसुट र फलफुल वितरण गरेको छ । दिवसकै अवसरमा दोलखा सामुदायिक अस्पतालले बालगृहमा रहेका २४ जना बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरेको अस्पतालले जनाएको छ । वालवालिकालाई सहयोग पुगोग भनेर अस्पाललले सहयोग गरेको अध्यक्ष अमृत बुढाथोकीले बताए । अस्पतालले विगतमा पनि यस्तै सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । केही महिना अगाडी बैतेश्वर गाउँपालिका वडा नम्वर ६ कि पार्वती घिमिरे (निता)लाई टहरा वास भएको समाचार विभिन्न समाचार माध्यम आएपछि जस्ता सहयोग गरेको थियो । अस्पतालको सहयोग कारण उनले छाना पाएकी थिइन । त्यसैगरी तामाकोशी गाँउपालिकामा माझी वस्तीमा खाद्यन्न सहयोग गरेको थियो । अस्पतालले भविस्यमा यस्ता सहयोगलाई निरन्तरता दिने अध्यक्ष बुढाथोकीले बताए ।
कार्यक्रममा भीमेश्वर नगरपालिका मेयर भरत केसी, उपमेयर कमला बस्नेत, जिल्ला न्यायाधिश कमलराज विष्ट, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, नेपाल बाल संगठन दोलखाका अध्यक्ष तथा बालगृह व्यवस्थापक राकेश श्रेष्ठ लगाएको उपस्थित रहेको थियो । अहिले सामुदायिक अस्पतालले दोलखामा विशेसज्ञ डाक्टर सहित आधुनिक सेवा दिदै आएको छ ।

 

Shares

Be the first to comment on "समाजमा सहयोग अगाडी बढाउदै सामुदायिक अस्पताल (फोटो फिचर सहित )"

Leave a comment

Your email address will not be published.


*