समयमैं खोप लगाउनाले गाई अनुवांशिक स्रोत जिरी केन्द्रका गाई सुरक्षित

चरिकोट(दीस) ः लम्पी स्किन रोगले देशैभरका पशुहरु प्रभावित भइरहेको बेला दोलखामा रहेको एकमात्र सरकारी फर्मको रुपमा रहेको गाई आनुवंशिक श्रोत केन्द्र जिरीका गाई भने सुरक्षित रहेको पाइएको छ । समयमै सतर्कता अपनाई लम्पी स्किन विरुद्धको खोप लगाइएको कारण श्रोत केन्द्रका गाई हरु सुरक्षित रहेका हुन् ।
देशकै एक मात्र सरकारी स्तरको गाई फार्मको रुपमा रहेको यो जिरीमा लम्पीको प्रकोपको हल्ला चल्ने वित्तिकै खोप ल्याएर गाईलाई लगाइएको श्रोतकेन्द्र प्रमुख डाक्टर गोपाल गिरीले जानकारी दिनुयो । रोगको प्रकोप फार्ममा फैलिए स्थिति भयावह हुने हुने भएकोले समयमै खोप लगाइएको उहाँको भनाई रहेको छ । हालसम्म केन्द्रका गाईमा लम्पी स्किनको समस्या नदेखिएको केन्द्रले जनाएको छ । २०७७ सालमा झापाको हरैचामा नेपालमा पहिलो पटक गाईमा लम्पी स्किनको लक्षण देखा परेको थियो ।
सरकारी गाई फार्म सुरक्षित भए तापनि किसानका गोठमा भने लम्पीको प्रकोप बढ्दै गएको छ । जिरीको गाई आनुवंशिक श्रोत केन्द्रमा १३२ वटा जम्मा गाई रहेका छन् । त्यस मध्ये ४४ वटा दुहुना रहेका छन् ।
लम्पीका कारण देशभर दुध उत्पादनमा प्रत्यक्ष असर परे तापनि जिरीको सरकारी गाई फाराममा बेलैमा खोप लगाएकाले दुध उत्पादनमा कुनै असर गरेको छैन । श्रोत केन्द्रबाट दैनिक ४ सय लिटर दुध उत्पादन हुने गरेको छ । गत आर्थिक वर्ष प्रति लिटर ६२ रुपैंयामा विक्री भएको दुध केही दिन अघि चालु आर्थिक वर्षका लागि प्रति लिटर ७५ रुपैंयामा ठेक्कामा लागेको छ ।
गाई फार्मको दुध वार्षिक रुपमा बढाबढमा टेण्डर गरेर बिक्री गरिँदै आएको तथा उन्नत बाछाबाछी पनि लिलामी मार्फत किसानलाई उपलब्ध गराउँदै आएको श्रोत केन्द्रले बताएको छ । श्रोत केन्द्रमा जर्सी, स्वीस होलिस्टाइन जातका गाईहरु रहेका छन् ।
२०१४ सालमा स्वीस विकास सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सरकारी स्तरको गाई फार्मको स्थापना भएकोे थियो  । यही फार्म २०७५ सालदेखि गाई अनुबंसिक श्रोत केन्द्रको रुपमा सञ्चालन हुँदै आएको छ । फार्मको नाममा जिरीमा ८४ हेक्टर र रामेछापको गर्जाङमा १२५ हेक्टर जग्गा रहेको छ । गर्जाङमा बाछाबाजी र साँढे पालिँदै आएको छ ।

Shares

Be the first to comment on "समयमैं खोप लगाउनाले गाई अनुवांशिक स्रोत जिरी केन्द्रका गाई सुरक्षित"

Leave a comment

Your email address will not be published.


*