समन्वय इकाईमा धर्ना

चरिकोट(दीस)ः शिक्षा विकास तथा समन्वय इकाई दोलखामा शिक्षकहरुले धर्ना दिएका छन् । मंगलबार शिक्षक महासंघ केन्द्रीय समितिको निर्णय बमोजिम जिल्लामा कार्यरत शिक्षकहरुले धर्ना दिएका हुन् ।
विगतमा शिक्षक महासंघ सँग भएको सहमती विपरित सरकारले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै शिक्षक महासंघ अहिले आन्दोलनरत रहेको छ । शिक्षकहरुको पेशागत मागहरुप्रति उपेक्षा गर्दै विधेयक ल्याउन थालिएको शिक्षक महासंघको आशंका छ । मन्त्रिपरिषद्बाट पारित गरी संसदमा लैजान लागिएको विधेयक हालसम्म पनि सार्वजनिक भएको छैन । शिक्षकहरुले समन्वय इकाई प्रमुख शंकरबाबु श्रेष्ठ लाई ज्ञापन पत्र बुझाएका थिए ।।

Shares

Be the first to comment on "समन्वय इकाईमा धर्ना"

Leave a comment

Your email address will not be published.


*