सबै वडामा दोलखा कांग्रेसको बिरोध प्रदर्शन

इश्वर बिश्वकर्मा
चरिकोट, माघ ८
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछि उक्त कदम असंवैधानिक, अलोकतान्त्रिक भएको भन्दै विभिन्न दलहरुले चरणबद्ध रुपमा बिरोध प्रदर्शन गरिरहेका छन्। बिरोध प्रदर्शन गर्नेमा नेपाल कम्यूनिष्ट पार्टी प्रचण्ड, माधव समुह जसपा, विवेकशील साझा पार्टी सहित प्रमुुख प्रतिपक्ष दल नेपाली कांग्रेस पनि रहेको छ ।

नेपाली कांग्रेस दोलखाले पनि घोषित कार्यक्रम अनुसार माघ ३ गते ९ वटै पालिकाहरुमा बिरोध प्रदर्शन गरेको थियो । उक्त बिरोध प्रदर्शनमा प्रत्येक पालिकामा जिल्लास्तरीय नेताहरुले सम्बोधन गरेका थिए। त्यस्तै पुस २५ गते प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । यसरी प्रतिनिधि सभा संसद विघटन पछि त्यसको विरुद्ध बिरोध प्रदर्शन गर्दै आएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति दोलखाले जिल्लाका ७४ वटै वडामा बिहिबार विरोध प्रदर्शन गरेको छ । नेपालीमा कांग्रेस केन्द्रीय कार्यालयले दिएको निर्देशन बमोजिम बिरोध प्रदर्शन गरेको हो । प्रायजसो सवै वडामा संसद विघटन बिरुद्ध विभिन्न नारा लगाउँदै जुलुस प्रदर्शन गरेका थिए ।

बिरोध जुलुस पश्चात् आयोजित कोणसभामा बोल्दै सबै वडामा सहभागी नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक भएकोले यसको रक्षाका लागि कांग्रेसले संघ, प्रदेश, पालिकास्तर हुँदै वडा तहसम्म बिरोध प्रदर्शन गर्न वाध्य भएको बताएका थिए । त्यस्तै प्रधानमन्त्री ओलीलाई नेपाली राजनीतिक इतिहासकै सफल, असल र लोकप्रिय बन्ने अवसर भए पनि इतिहासकै सबैभन्दा असफल भएको नेताहरुले आरोप लगाउँदै प्रधानमन्त्री अोलीले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए । संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध काँग्रेस एकमत भएर अघि बढेको नेपाली कांग्रेस दोलखाका सभापति रुद्र बहादुर खड्काले मेलुङ गाउँपालिका वडा नं १ पवटीमा आयोजित विरोध सभामामा मन्तव्यको क्रममा बताए ।

Shares

Be the first to comment on "सबै वडामा दोलखा कांग्रेसको बिरोध प्रदर्शन"

Leave a comment

Your email address will not be published.


*