सनसिटीबाट अस्पताल लगिएकामध्ये दुईजनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौंको सनसिटीमा रहेका दुई जनालाई कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले केहीबेरअघि यसबारेमा जानकारी गराएको हो । सामाजिक सञ्जाल फेसबुकमार्फत स्वास्थ्य मन्त्रायलयले आमा र छोरामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएको छ । बुहारीको भने फेरि रिपोर्ट जाँच गरिँदैछ । यसअघि सोमबार र्‍यापिड टेस्टमा कोरोना संक्रमण देखिएपछि पाटन अस्पताल लगिएको थियो ।
स्वास्थ्य मन्त्रायलले भनेको छ, “पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका तीनजना कोभिड १९ को शंस्कास्पदहरुको वैशाख १ गते आरडिटी विधिबाट परीक्षण गर्दा दुईजनाको पोजेटिभ देखिएकाले पीसीआरबाट थप परीक्षण गर्दासमेत पोजेटिभ रिपोर्ट देखिएको छ भने बाँकी एकजनाको पोजेटिभ देखिएन ।”उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरुको परीक्षण आजैबाट सुरु गरिएको छ भने कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ सुरु भएको छ ।

Shares

Be the first to comment on "सनसिटीबाट अस्पताल लगिएकामध्ये दुईजनामा कोरोना पुष्टि"

Leave a comment

Your email address will not be published.


*