सदस्य शिक्षा शिविर सम्पन्न

चरिकोट(दीस)ः भीमेश्वर नगरपालिका वडा नम्बर आठको बोचमा सहकारी सदस्य शिक्षा शिविर सम्पन्न भएको छ । जनहित चित्रेश्वर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड चरिकोटको आयोजनामा शनिवार सो शिविर समपन्न भएको हो ।
शिविरमा असल बचतकर्ता कसरी बन्ने, बचतका आवश्यकता, सहकारीबाट प्रदान गरिने सेवा लगायतका विषयमा सदस्यहरुलाई जानकारी दिइएको सहकारीका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । संस्थाको शिक्षा उपसमिति संयोजक गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष काजी बुढाथोकी, संस्थाका अध्यक्ष नवराज प्रसाद न्यौपाने, सचिव राम बहादुर ओली, सह सचिव गणेश प्रसाद न्यौपाने, कोषाध्यक्ष भरत प्रसाद ढुंगेल लगायतको उपस्थ्तिि रहेको थियो । शिविरमा १ सय ६५ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियोे ।

Shares

Be the first to comment on "सदस्य शिक्षा शिविर सम्पन्न"

Leave a comment

Your email address will not be published.


*