दोलखाका उत्तरी क्षेत्र नागरिकबाट किन अायाे यस्ताे चेतवानी ?

बबिना नेपाली
चरिकोट, मंसिर ५
दोलखा–सिंगटी सडकको काम पुरा हुनुपर्ने माग राख्दै दोलखा उत्तरी क्षेत्र नागरिक समाजले जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापनपत्र बुझाएको छ । सडकको कालोपत्रे गर्ने कार्य गुणस्तरीय नभएको तथा निर्माणको बाँकी काम ठेकेदारले अलपत्र पारेको भन्दै नागरिक समाजले तत्काल काम सुरु नगरे संघर्षमा उत्रिने चेतावनी सहित ज्ञापनपत्र बुझाएको हो ।
सिंगटी क्षेत्रको सडक निर्माण कार्य अलपत्र अवस्थामा छाडेको स्वच्छन्द निर्माण सेवालाई पटप–पटक ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेकोले शुक्रबार प्रशासनमा ज्ञापनपत्र बुझाइएको समाजका संयोजक कृष्ण बहादुर उप्रेतीले बताउनुभयो ।
अबको सात दिन भित्र सो सडक क्षेत्र भित्रको धुलो हटाउने, ढल निकास, कालोपत्र गर्ने बाँकी काम तथा सडकको मापदण्ड अनुसारको बाँकी सम्पूर्ण काम पुरा हुनुपर्ने माग ज्ञापनपत्रमा रहेको छ । सात दिन भित्र सडक सुधारको कार्य सुरु नगरेमा बाध्य भई अन्य संघर्षका कार्यक्रम यथावत राख्ने उहाँले सुनाउनुभयो । संघर्षको कार्यक्रम अन्तर्गत मंसिर ११ गतेदेखि सिंगटीबाट संचालन हुने तथा आवत जावत गर्ने सम्पूर्ण यातायातका साधानहरु पूर्णरुपमा बन्द गर्ने र यस बाट पर्नजाने असर सम्बन्धित पक्ष आफैले ब्यहोनुपर्ने संयोजक उप्रेतीले बताउनुभयो । सडकको कालोपत्रे गर्ने कार्य गुणस्तरहीन र वातावरणमैत्री तथा बालमैत्री नभएकोले समग्र नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी बर्षामा अत्याधिक हिलो हुने र हिउँदमा अत्याधिक धुलो उड्ने, ढल निकास पूर्ण रुपमा बन्द भएकोले नागरिकले सास्ती खेप्नुपरेको नागरिक समाजको गुनासो छ ।

Shares

Be the first to comment on "दोलखाका उत्तरी क्षेत्र नागरिकबाट किन अायाे यस्ताे चेतवानी ?"

Leave a comment

Your email address will not be published.


*