सडक जोगाउन नाला सफा गर्न आफै जुटे स्थानीय

चरिकोट(दीस)ः सडक जोगाउन तथा भल नियन्त्रण गर्ने कार्यमा सार्के स्वाँराका स्थानीयहरु जुटेका छन् । वर्षायाम लागेसँगै सडक विग्रने तथा अनियन्त्रित रुपमा भल आउने समस्याको रोकथामका लागि भीमेश्वर नगरपालिका वडा नम्बर चार सार्के स्वाँराका स्थानीयहरु मुख्य सडकको नाला खोल्न तथा सडकसफा गर्न जुटेका हुन् ।
हरेक शनिवार नाला खोल्ने तथा सडक सरसफाई गर्न जुटिरहेका देउराली सार्के स्वाँराका स्थानीयहरुले शनिवार पाचौँ हप्ता पनि सडक सफाईको कामलाई निरन्तरता दिएको भीमेश्वर नगरपालिका वडा नम्बर चारका वडाध्यक्ष तारानाथ चौलागार्इँले जानकारी दिनुभयो ।

Shares

Be the first to comment on "सडक जोगाउन नाला सफा गर्न आफै जुटे स्थानीय"

Leave a comment

Your email address will not be published.


*