दाेलखामा सडक अलपत्र भएपछि आन्दोलनमा उत्रिएकाहरु प्रहरी नियन्त्रणमा

दीक्षण समाचार
चरिकोट, कार्तिक २८

मुडे–चरिकोट सडक ठेकेदारले अलपत्र पारेपछि आन्दोलनमा उत्रिएका नागरिक अगुवाहरुलाई दोलखा प्रहरीले प्रहरी नियन्त्रणमा लिएको छ । छ वर्षदेखि सडक अलपत्र पारी नागरिकलाई सास्ती दिएको भन्दै आज सडक सुधार आयोजनाको कार्यालय तिखातलमा तालाबन्दी गर्न गएका नागरिक अगुवाहरुलाई प्रहरीले  नियन्त्रणमा लिएको हो । नियन्त्रणमा पर्नेहरु चिरञ्जीवी मास्के, रमेश खतिवडा, गोकर्णप्रसाद भण्डारी, श्रृजनकुमार घिमिरे, श्याम खतिवडा ,अर्जुन कार्कि र राजन बस्नेत हुनुहुन्छ । उहाँहरुलाई प्रहरीले तिखातलबाट चरिकोट ल्याएको छ ।
समयअवधि सकिएको वर्षौं बितिसक्दा पनि काम नगरी सडक अलपत्र पारेको भन्दै नागरिक समाजको अगुवाइमा शनिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी  यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको तस्बिरसहितको पोस्टर सवारीसाधनमा टाँसेर आन्दोलन गरिएको थियो । मुडे–चरिकोट सडकको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर र नेपालमा शंकरमाली—सुनौलो खिम्ती जेभीले २०७२ सालमा हो । दुई वर्षभित्र निर्माण पूरा गरी हस्तान्तरण गर्ने सम्झौता भएपनि निर्माण कम्पनी र ठेकेदारको लापरबहीको कारण छ वर्ष बितिसक्दा पनि अलपत्र रहेको छ ।

Shares

Be the first to comment on "दाेलखामा सडक अलपत्र भएपछि आन्दोलनमा उत्रिएकाहरु प्रहरी नियन्त्रणमा"

Leave a comment

Your email address will not be published.


*