चरिकोट (दीस) ः जिल्ला ट्राफिक कार्यालय दोलखाले सडकमै सवारी साधनको यान्त्रिक जाँच सुरु गरेको छ ।कार्यालयले बिहिबारबाट सो जाँच सुरु गरेको हो । दुर्घटना हुनुका विभिन्न कारणमध्ये यान्त्रिक समस्या पनि एक रहेकोले सवारीको यान्त्रिक जाँच सुरु गरिएको जिल्ला ट्राफिक कार्यालय दोलखाका प्रमुख ठाकुर भट्राईले जानकारी दिनुभयो।
अभियानका क्रममा भीमेश्वर नगरपालिका वडा नम्बर ७ मकैबारीमा जिल्ला भित्रिने तथा बाहिरिने सवारीहरूको परीक्षण बिहीबार गरिएको उहाँको भनाइ रहेको छ । यो अभियान निरन्तर चल्ने कार्यालयको भनाइ रहेको छ ।
Be the first to comment on "सडकमै सवारीको यान्त्रिक जाँच"