सञ्चालनमा आयो अक्सिजन प्लान्ट

दीक्षण समाचार/चरीकोट, – चरीकोट अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । भवन सहितका पूर्वाधार निर्माण गरी प्लान्ट जडानको काम सम्पन्न भएपछि सोमबारबाट अक्सिजन उत्पादन सुरु भएको हो । अक्सिजन उत्पादन हुन थालेसंगै अस्पतालहरुमा यसको आपुर्ति सहज हुने भएको छ । अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेले अक्सिजन बाहिरबाट खरीद गरी ल्याउनुपर्ने बाध्यता जिल्लामै अक्सिजन उत्पादन भएपछि हटेको सुनाउनुभयो । उहाँले भन्नुभयो–अक्सिजन उत्पादन नहुँदा अस्पतालहरुले बाहिरबाट ल्याएर बिरामीको उपचार व्यवस्थापन गर्दथे । तर अहिले जिल्लामै पर्याप्त अक्सिजन उत्पादन हुन थालेपछि बाहिरी जिल्लामा समेत निर्यात गर्न सक्ने हैसियत बनेको छ ।” ्भवन सहितका पुर्वाधार निर्माण गरी अक्सिजन प्लान्ट जडान गरिएपनि विद्युतीय कारणले सञ्चालनमा आउन सकेको थिएन । अहिले त्यसको व्यवस्थापनसँगै जनशक्ति खटाएर सञ्चालनमा ल्याइएको हो । अक्सिजन प्लान्ट सञ्चालनका लागि २ सय ५० केभीए ट्रान्सफर्मर जोडिएको छ । यसैको अभावमा प्लान्टबाट अक्सिजन उत्पादन हुन ढिलाई भएको थियो । उहाँका अनुसार २४ घण्टा प्लान्ट सुचारु राखेमा ४६ लिटर क्षमताका ४० वटा सिलिन्डर भर्न मिल्छ । अक्सिजन प्लान्टका लागि बागमती प्रदेश सरकारले रकम उपलब्ध गराएको थियो । ट्रान्सफर्मरको रकम भने अस्पतालले नै बेहारेको हो । अब भने स्वासप्रश्वास सहितका बिरामीलाई अक्सिजनको पर्याप्त उपलब्धता हुने भएको छ । पहिलो र दोस्रो लहरको कोरोना संक्रमण महामारीको रुपमा फैलिएको बेला संक्रमितहरुको उपचारमा अक्सिजनको आवश्यकता भएपनि अक्सिजन अभाव हुँदा अस्पतालहरुलाई हम्मेहम्मे परेको थियो । त्यतिबेला विभिन्न क्रसर उद्योग, ग्रील उद्योग लगायतका उद्योगबाट सिलिन्डर संकलन गरी बाहिर जिल्लाबाट भरेर ल्याइएको थियो । त्यस्तो अवस्थाको अन्त्यका लागि प्रदेश सरकारले चरिकोट अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आर्थिक सहयोग गरेको हो ।

Shares

Be the first to comment on "सञ्चालनमा आयो अक्सिजन प्लान्ट"

Leave a comment

Your email address will not be published.


*