सचेतना कार्यक्रम सम्पन्न

दीक्षण समाचार
चरिकोट, पुस १७
दोलखाको सदरमुकाम चरिकोटमा लागु पर्दाथ दुव्र्यसन तथा साइबरक्राइम विरुद्ध तीन दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना र चरिकोट मिडिया फाउण्डेसन दोलखाको समन्वयमा आयोजित तालिम शनिबार सम्पन्न भएको हो । ३५ जना युवा सहभागिता रहेको सो तालिममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक भेषराज रिजाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतीवडा, अधिवक्ता प्रोणप्रताप के.सीले प्रशिक्षण दिनुभएको थियो । समापन समारोहमा सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरिएको थियो । त्यसैगरी प्रदेश युवा परिषद बागमती प्रदेशले नै भीमेश्वर नगरपालिका–२ स्थित दोलखा बजारमा आयोजना गरेको चेलीबेटी बेचबिखन, महिला हिंसा, जातियता तथा लैङ्गकि विभेद विरुद्ध र सुशासन सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । युवा परिषदको आर्थिक बर्ष ०७८÷०७९ को स्वीकृत कार्यक्रम अन्तर्गत गरिएको कार्यक्रममा जिल्लाका युवाहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख भेषराज रिजाल, कालिन्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक, सामाजिक अभियान्ता मेनुका सुबेदी लगायतले सहजीकरण गर्नुभएका प्रदेश युवा परिषद् दोलखाका अध्यक्ष श्यामसुन्दर शिवाकोटीले जानकारी दिनु भयो ।

Shares

Be the first to comment on "सचेतना कार्यक्रम सम्पन्न"

Leave a comment

Your email address will not be published.


*