सचेतनासहित स्वास्थ्य सामग्री प्रदान

इश्वर बिश्वकर्मा
चकिोट, असार २
दोलखको भीमेश्वर नगरपालिका वडा नं. २ स्थित डोक्थली र गणेश टोलका नागरिकलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । कोरोना जोखिम न्यूनिकरणको लक्ष्य राखी आवश्यक सचेतना र परामर्श सहित मँगलबार स्वास्थ्य सामग्री वितरण गरिएको हो । अहिले अत्यावश्यक कामका लागि घरबाट बाहिर निस्कँदा मास्कको प्रयोग गरिनु अपरिहार्य हुन्छ । नाक, मुख ढाकिने गरी मास्कको प्रयोग गरेमा कोरोना संक्रमणले हत्पत छुन सक्दैन । खाना बनाउनु अघि, खाना खाएपछि, चर्पी गएपछि वा जुनसुकै काम गरेपछि हातको स्वच्छतामा ध्यान दिनुपर्छ । सकेसम्म साबुनपानीले विधिपूर्वक हात धुनु बुद्धिमता मानिन्छ । त्यसो सम्भव नभएमा गुणस्तर स्यानीटाइजरको प्रयोग गर्नुपर्छ । यी यावत् विषयमा सन्देश प्रवाह गर्दै मास्क र स्यानीटाइजर वितरण गरिएको हो । दुबै टोलका स्थानीयलाई गौरीशंकर सामुदायिक पुस्तकालयको सहयोगमा एक हजार वटा मास्क र ८० वटा स्यानिटाइजर वितरण गरिएको छ । यस कार्यका लागि पुस्तकालय सञ्चालक समिति सदस्य गुणराज सुवेदी र जिल्ला स्तरीय महिला अधिकार मञ्चका अध्यक्ष मेनुका सुवेदी, स्थानीय बद्री दहाल र रामचन्द्र थामीको समन्वय रहेको थियो । त्यसैगरी आवश्यक औषधी समेत वितरण गरिएको थियो । स्थानीयहरुलाई कोरोना फैलिरहेको अवस्थामा हतोत्साहि नहुन र आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको छ ।

Shares

Be the first to comment on "सचेतनासहित स्वास्थ्य सामग्री प्रदान"

Leave a comment

Your email address will not be published.


*