सङ्गठन भीमेश्वर नगर समितिको प्रथम अधिवेशन खडकाको अध्यक्षता नयाँ कार्यसमितिको चयन

चरिकोट –नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिको प्रथम अधिवेशनले सुन्दर खडकाको अध्यक्षता नयाँ कार्यसमितिको चयन गरेको छ । सङ्गठनका केन्द्रीय सदस्य शङ्करलाल श्रेष्ठको प्रमुख आतिथ्यता तथा नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वर चन्द्र पोखरेल, नेपाल शिक्षक महासङ्घ दोलखाका अध्यक्ष पदम जिरेल, सङ्गठनका जिल्ला समिति अध्यक्ष रामप्रसाद सापकोटा, नगरप्रमुख भरत केसी लगायतको विशेष आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षहरुमा करूणा बस्नेत र भवानी थपलियालाई चयन गरेको छ । त्यसैगरी सचिवमा शान्तमान भुजेल,सह सचिवमा सविता तथा कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठ निर्वाचित भएका छन ।सह कोषाध्यक्षमा पार्वती खड्का सदस्यहरू गायत्री दाहाल, सुजाता मास्के, गोकर्ण बस्नेत, तीर्थ जोशी, पदमराज शिवाकोटी, कुल प्रसाद गुरागाईं, प्रकाश फुयाँल, सविना चौलागाई चयन भएका छन । प्रदेश प्रतिनिधिमा किशोर दाहाल, हरि केसी, राजन ढुङ्गेल र शारदा कायस्थ निर्वाचित भएका छन ।

Shares

Be the first to comment on "सङ्गठन भीमेश्वर नगर समितिको प्रथम अधिवेशन खडकाको अध्यक्षता नयाँ कार्यसमितिको चयन"

Leave a comment

Your email address will not be published.


*