संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव

काठमाडाै –मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा भंग गर्दै मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन । राष्ट्रपति कार्यालयले एक विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो । शनिबार राति १ बजे बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरेको थियो ।लगत्तै राष्ट्रपति कार्यालयले शनिवार बिहान १ बजेर ४९ मिनेटमा विज्ञप्ति प्रकाशित गरी मन्त्रिपरिषद्को सिफारिशमा प्रतिनिधि सभा विघटन गरिएको जानकारी गराएको हो ।विज्ञप्तिमा भनिएको छ-‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्न नेपाल सरकार, मन्त्रिपरिषद्‍बाट मिति २०७८/२/८ मा निर्णय भै सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन संवत् २०७८ साल मङ्सिर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नु भएको छ ।’यसअघि सरकारले २०७७ पौष ५ गतेपनि प्रतिनिधि सभा विघटनको सिफारिश गरेको थियो । लगत्तै राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपनि प्रक्रिया नपुगेको भन्दै सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो । पुस ५ मा प्रतिनिधि सभा विघटन भएको ५ महिना पछि सरकारले पुनः प्रतिनिधि सभा विघटनको सिफारिश गरेको हो ।

Shares

Be the first to comment on "संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव"

Leave a comment

Your email address will not be published.


*