संघ तथा प्रदेशमा उम्मेदवार दाबी गर्नेको एमाले दोलखाले ग¥यो नाम सिफारीस ( दाबी गर्नेको नामावली सहित)

चरिकोट (दीस) –नेकपा एमाले जिल्ला कमिटी दोलखाले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनको लागि उम्मेद्वार दावी गनर्कोे नाम सिफारिस गरेको छ ।सोमबार सदरमुकाम चरिकोटमा बसेको जिल्ला कमिटी बैठकले संघ तथा प्रदेशमा दावी गर्ने प्रत्यक्ष तथा समानुपातिक उम्मेद्वारको नाम सिफारिस गरेको हो । ।संघीय निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस हुनेहरुमा पार्टीका पोलिटब्यूरो सदस्यहरु आनन्द प्रसाद पोखरेल र पार्वत गुरुङ, केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खड्का, पुर्व जिल्ला अध्यक्ष एबंम बागमती प्रदेश ईन्चार्ज ईश्वरचन्द्र पोखरेल, केन्द्रीय लेखा आयोगका सदस्य शान्ति पाख्रिन, केन्द्रीय सम्पर्क समन्वय कमिटीको अध्यक्ष श्याम बस्नेत, बागमती प्रदेश सदस्य भरत दुलाल रहनु भएको एमाले दोलखाका सचिब हिरा थोकरले जानकारी दिनु भयो ।यसैगरी संघको समानुपातिक तर्फ ईश्वरी रिजाल, जितबिर लामा, उर्मिला थामी, दिव्यध्वज कार्की, रोचकुमारी चौलागाई, शारदा राना भुजेल, सहदेब खड्का, हर्कमान पाख्रिनको नाम सिफारिस गरिएको छ ।नेकपा एमाले दोलखाले जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र (क) को प्रत्यक्ष निर्वाचन क्षेत्रतर्फ ४ जनाको नाम सिफारिस गरेको छ । सिफासिस हुनेमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, जीबसराज खड्का, टंक जिरेल र विदुर शर्मा रहनु भएको छ । प्रदेश (क)समानुपातिक तर्फ अम्विका गोले, उर्मिला सुनुवार, शान्तिकुमारी तामाङ, लक्ष्मण बाँडा गुभाजु, सुन्दर कार्की, नविना तामाङ गोले, डिल्लीध्वज बराईली, हरिबहादुर जिरेल, रामबहादुर श्रेष्ठ, मिङमा शेर्पा, रमेश सुनुवारको नाम सिफारिस गरिएको सचिब थोकरले जानकारी दिनु भयो ।बैठकले प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट प्रत्यक्षतर्फ ५ र समानुपातिक तर्फ १० जना उम्मेदवारहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेशको प्रत्यक्ष तर्फ प्रदेश कमिटी सदस्यहरु लालकुमार केसी,वालकृष्ण शिवाकोटी, भरत केसी, डबल पाण्डे र कैलाश श्रेष्ठ रहनु भएको छ ।त्यसैगरी (ख)मा समानुपातिक तर्फ १० जनाको नाम सिफारिस गरेको छ । जसमा चिरञ्जीवि मास्के, कालिका पाठक, ठुला थामी, कृष्णकुमारी थामी, थिर बहादुर मोक्तान, दिनेश बस्नेत, टेक बहादुर घतानी, पार्वती खड्का, डा. जानुका न्यौपाने र कृष्ण बहादुर श्रेष्ठ रहेको सचिब थोकरले बताउनु भयो ।

Shares

Be the first to comment on "संघ तथा प्रदेशमा उम्मेदवार दाबी गर्नेको एमाले दोलखाले ग¥यो नाम सिफारीस ( दाबी गर्नेको नामावली सहित)"

Leave a comment

Your email address will not be published.


*