संघिय सरकारद्वारा दोलखाका स्थानीय तहहरुलाई ३ अर्ब ३८ करोड बढी बजेट विनियोजन

नवराज शिवाकोटी, चरिकोटः दोलखाका स्थानीय तहहरुलाई संघिय सरकारले चालु तथा पूँजिगत खर्चकालागि ३ अर्ब ३८ करोड भन्दा बढी रकम विनियोजन गरेको छ । आर्थिक वर्ष २०८०–८१ को वित्तीय हस्तान्तरण मा उल्लेख भए अनुसार आगामी आर्थिक वर्षका लागि दोलखाका स्थानीय तहहरुलाई ३ अर्ब ३८ करोड ३८ लाख रकम विनियोजन गरिएको हो ।
नौ वटा स्थानीयतहरु रहेको दोलखामा स्थानीय तहहरुको लागि साधारण तथा पूँजिगत खर्च समेतका लागि सो रकम विनियोजन गरिएको वित्तीय हस्तान्तरण २०८०–८१ मा उल्लेख छ । संघिय सरकारबाट स्थानीय तहहरुका लागि विनियोजित रकम मध्ये जिल्लाका दुई नगरपालिकाको लागि ८३ करोड ६१ लाख तथा सात गाउँपालिकाहरुको लागि २ अर्ब ५४ करोड ७७ लाख रकम विनियोजन गरिएको पाइएको छ । दुई नगरपालिकाहरु मध्ये भीमेश्वर नगरपालिकालाई सबै भन्दा बढी ५१ करोड ७९ लाख तथा जिरी नगरपालिकालाई ३१ करोड ८२ लाख रकम विनियोजन गरिएको छ । यसैगरी सातवटा गाउँपालिका मध्ये सबै भन्दा बढी कालिञ्चोक गाउँपालिकालाई ४२ करोड १२ लाख तथा सबै भन्दा कम विगु गाउँपालिकालाई ३२ करोड ६२ लाख रुपैयाँ विनियोजन गरिएको वित्तीय हस्तान्तरणमा उल्लेख छ । जिल्लाका अन्य स्थानीय तहहरुमा बैतेश्वर गाउँपालिकालाई ३४ करोड ४३ लाख, मेलुङ गाउँपालिकालाई ३४ करोड ४९ लाख तथा गौरिशंकर गाउँपालिकालाई ३५ करोड २५ लाख रकम विनियोजन गरिएको छ । यस्तै शैलुङ गाउँपालिकालाई ३६ करोड ५७ लाख तथा तामाकोसी गाउँपालिकालालाई ३९ करोड २९ लाख रकम विनियोजन गरिएको अर्र्थ मन्त्रालयको तथ्याङ्क रहेको छ ।
संघिय सरकारले वार्षिक बजेटमा समावेश गरी स्थानीय तहहरुलाई समानीकरण अनुदान, शशर्त अनुदान, विशेष अनुदान तथा समपुरक अनुदान शीर्षकमा चालु र पूँजिगत खर्चका लागि अनुदान रकम उपलब्ध गराउने गर्दछ । आर्थिक वर्ष २०८०–८१ का लागि दोलखाका स्थानीय तहहरुको लागि चालु तर्फ ३ अर्ब ११ करोड ८४ लाख तथा पूँजिगततर्फ २६ करोड ५४ लाख रकम विनियोजन गरेको पाइएको छ । विनियोजित रकमको प्रतिशतका हिसावले दोलखाका स्थानीय तहहरुलाई संघिय सरकारबाट विनियोजन गरिएको कुल रकम मध्ये चालुतर्फ ९२ दशमलब १६ तथा पूँजिगत तर्फ ७ दशमलब ८४ प्रतिशत रहेको छ । विकास खर्च घटी साधारण खर्च बढ्दै जानु अर्थतन्त्रका हिसावले ठिन नभएको दोलखाका स्थानीयहरुको गुनासो रहेको छ ।

Shares

Be the first to comment on "संघिय सरकारद्वारा दोलखाका स्थानीय तहहरुलाई ३ अर्ब ३८ करोड बढी बजेट विनियोजन"

Leave a comment

Your email address will not be published.


*