संघमा नयाँ नेतृत्व

चरिकोट –कम्युटर इलेक्ट्रिक ,इलोक्ट्रोनिक तथा फोटो व्यवसायि संघ दोलखामा नयाँ कार्यसमिति निर्वाचित भएका छन । शनिवार भएको सातौ साधारण सभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा इन्द्र प्रधान ,उपाध्यक्षमा दिनेश पाठक ,सचिबमा कल्याण श्रेष्ठ, सहसचिबमा पर्शुराम जोसी , कोषाध्यक्षमा कुमार कार्की , निर्वाचित भएका छन । त्यसैगरी सदस्यमा मोहन प्रधान ,रुपक मास्के ,विमल श्रेष्ठ, भरत के.सी ,सिताराम दहाल तथा बासुदेव घिमिरे निर्वाचित भएका छन । यस अघि श्याम कायस्थको अध्यक्षतामा भएको साधारण सभाको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले उद्धघाटन गर्दै सवै व्यवसायि मिलेर काम गर्नु पर्ने बताए । त्यसैगरी भिमेश्वर नगरपालिकाका मेयर भरत के.सिले नगरपालिकाले विभिन्न परिवर्तनका कार्यक्रम ल्याएको भए पनि सवैले साथ नदिएको गुनासो गरे । कार्यक्रममा दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले दोलखालाई पर्यटनको गन्तव्य बनाउने सवै मिलेर काम गर्नु बताए । कार्यक्रममा भिमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन लामा ,विमल श्रेष्ठ लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "संघमा नयाँ नेतृत्व"

Leave a comment

Your email address will not be published.


*