चरिकोटमा लकडाउनमा ५७ युनिट रगत संकलन

चरिकोट ( अनिल दहाल)/ईस्वर विश्वकर्मा –“लकडाउनमा रगत अभाब नहोस” भनेर दोलखा सदरमुकाम चरिकोटमा रक्तदान सम्पन्न भएको छ । आज भएको रक्तदानमा ५७ जनाले रगत दान गरेको जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाईले बताए । कोरोना संक्रमणको कारण रगत अभाब भएकाले रक्त दान कार्यक्रम भएको उनले जानकारी दिए । रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।
जिल्ला सहकारी संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको समन्वयमा र हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोलखाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदानमा विभिन्न सहकारी सञ्चालक, कर्मचारी, शेयर सदस्य,पत्रकार, सुरक्षाकर्मी, उद्योगी, व्यवसायीको सहभागिता रहेको जिल्ला सहकारी संघ लिमिटेड दोलखाका अध्यक्ष चौलागाईंले जानकारी दिए ।
कोरोना संक्रमण फैलिन नदिन सामाजिक दूरी र हरेक रक्तदाताको स्वास्थ्य अवस्था परीक्षण गरेर मात्रै रगत लिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाका सभापति गोकर्ण पोखरेलले बताए ।


Shares

Be the first to comment on "चरिकोटमा लकडाउनमा ५७ युनिट रगत संकलन"

Leave a comment

Your email address will not be published.


*