संगठन मजभुत गर्दै नेपाली कांग्रेस दोलखा

चरिकोट –नेपाली कांग्रेस दोलखा अहिले जागरण अभियानमा ब्यस्त छ । दोलखाका स्थानीय तहका वडा तथा गाँउगाँउमा टोली नै बनाएर जिल्ला स्तरीय नेता संगठन सुधार अभियानमा लागेका छन । केन्द्रिय समितिको निर्देशन अनुसार अहिले देशभर कांग्रेसले गाउँजागरण अभियान सञ्चालन गरिरहेको छ । सोही अनुसार दोलखा कांग्रेसले पनि गाउँगाउँमा जागरण अभियान सञ्चालन गरिरहेको हो । अहिले दोलखा कांगे्रसले वडा स्तरीय जागरण अभियान सकेको नेपाली कांगे्रस दोलखाका सभापति रुद्र बहादुर खड्काले जानकारी दिए । त्यसैगरी आइतबार सम्म दोलखाको ६ बटा पालिका स्तरमा जागरण अभियान सकिएको पनि सभापति खड्काले जानकारी दिए । “जागरण अभियानले दोलखाको पाटी संगठन मजभुत भएको छ ”खड्काले भने । “हामीले सरकारले गरेको ज्याजतिको भण्डाफोर गरेका छौ” सभापति खडकाले भने ।
जागरण अभियानमा संघिय विद्यान बमोजिम पाटी संगठन पुर्नगठन भएको दोलखाका कांगे्रस नेताले बताएका छन । जसमा कांग्रेसले स्थानीय स्तरमा पालिका स्तरका नेतालाई वडा स्तरमा जिम्मेबारी दिएको छ । कांग्रेसमा जागरण पछि दोलखा बलियो भएको पनि सभापति खड्काको भनाई रहेको छ ।
अन्न बालि भित्राउन र बर्षे वालि लगाउन व्यस्त किसानहरुले पनि विशेष महत्व दिएर जागरण अभियानमा सहभागी हुन आएको खड्काको भनाई रहेको छ ।
स्थानीय तह प्रदेश र प्रतिनिधि सभाको निर्वाचन पछि कांग्रेस पार्टीले गाउँ केन्द्रित खास गतिबिधिहरु सञ्चालन गरेको थिएन । जागरणको अभियानले निकै उत्साह थप भएको कांग्रेसका नेताहरुले बताएका छन । सरकारका गतिबिधि देखि बिरक्तिएका दोलखाली जनताको मन जित्ने खालका कार्यक्रमहरु बनाउन नेपाली कांग्रेस सकृय भएको नेताहरुको भनाई रहेको छ । कांग्रेसले जिल्लाका अधिकांस वडाहरुमा जागरण अभियान सम्पन्न गरेर गाउँपालिका र नगरपालिका स्तरिय जागरण अभियानको थालनी गरेको हो । वडा स्तरिय जागरण अभियानमा कतिपय वडाको वडा समिति पुनर्गठन गरेको छ । टुक्रियका वडाहरुमा नयाँ समिति समेत गठन गरेको छ । जागरण अभियान मार्फत नै नेपाली कांग्रेसले स्थानीय तहको नेतृत्व समेत चयन गरेको छ । दोलखाको पालिका स्तरीय जागरण अभियानपछि सदरमुकाम चरिकोटमा रहेको भिमेश्वर नगरपालिकाको जागरण अभियानको उद्घाटन गर्न कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल सहित अन्य प्रभाबशाली नेताहरु दोलखा आउने कार्यक्रम तय गरेको कांग्रेसले जनाएको छ । कांग्रेसले गाउँ जागरण अभियान मार्फत पार्टी संगठनमा निकै ठुलो उपलब्धि हाँसिल गरेको नेताहरुले जनाएका छन ।

Shares

Be the first to comment on "संगठन मजभुत गर्दै नेपाली कांग्रेस दोलखा"

Leave a comment

Your email address will not be published.


*