“संगठन निर्माण तिब्र गतिमा हुन्छ” काफ्ले

चरिकोट (दीस) –नेपाली कांगे्रसका नव निर्वाचित केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले संगठन निर्माणमा तिब्र तरिकाले लाग्ने बताउनु भएको छ । स्व.भिम बहादुर तामाङ निवास झुले पुगेर सो कुरा बताउनु भएको हो । नेता तामाङको जन्मथलो तामाकोसी गाउँपालिका –२ झुलेमा पुगेर काफ्लेले जिल्लाको संगठनमा निक्लने प्रतिज्ञा गर्दै स्व.तामाङको बाटोमा लागेर सब ल र सक्षम कांगे्रस बनाउन आफु लाग्ने प्रतिबद्धता जनाउनु भयो । वडा कमिटी झुलेले आयोजना गरेको केन्द्रीय सदस्यको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै काफ्लेले “भिम दाइको जति गर्न नसके पनि राष्ट्र र जनताको हित आफु लाग्ने बताउनु भयो । नेपाली काङ्ग्रेसलाई चिनाउने सम्मानित नेता स्व. भिम बहादुरलाई सम्झना गर्दै काफ्लेले भिम बहादुर तामाङको आदर्श र शिष्टता कारण कांगे्रस नेपाली जनताको पार्टी भएको बताउनु भयो । कार्यक्रममा बोल्दै नेपाली कांगे्रस दोलखाका प्रभावशाली एबं युवा नेता तारा कुमार खड्काले नेपाली कांगे्रस नेपाली जनताहरुको पार्टी भएका कारण विकसित जिल्ला बनाउन आउदो निर्वाचानमा काङ्ग्रेसलाई बिजयी गराउनुपर्ने बताउनु भयो । कार्यक्रममा युवा नेता गोपि शिवाकोटी, युवा नेता एबम तामाकोसी –१ का अध्यक्ष महेश्वर काफ्ले, क्षेत्रीय सचीव बिशाल कार्की लगायत वडा कमिटी लगायत विभिन्न नेताकार्यकर्ताको उपस्थिती रहेको थियो ।

Shares

Be the first to comment on "“संगठन निर्माण तिब्र गतिमा हुन्छ” काफ्ले"

Leave a comment

Your email address will not be published.


*