संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक

२७ भदौ, विराटनगर । संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ । २६ वर्षीय कार्कीलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको थियो ।लोकबहादुरले संखुवासभाको मादी गाउँपालिका–१ खोलागाउँका तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको विभत्स हत्या गरेको प्रहरीको भनाइ छ ।
 हत्या प्रकरणमा पक्राउ परेका युवाको बयान
मादी नगरपालिका– १ उम्लिङ खोलागाउँको सामूहिक हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । घटनाको छैटौँ दिन शनिबार स्थानीय २६ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । अर्को एकजनामाथि अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न भएको आशंकामा मृतकका छिमेकी भतिजो साइनो पर्ने लोकबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । ‘लामो प्रयास र अनुसन्धानबाट घटनामा संलग्नता देखिएको आशंकामा एकजनालाई पक्राउ गरिएको छ ।

Shares

Be the first to comment on "संखुवासभा हत्याकाण्डका आरोपी सार्वजनिक"

Leave a comment

Your email address will not be published.


*