संक्रमित बढेपछि वडा सिल

दीक्षण दैनिक
चरिकोट, जेठ १२
कोरोना संक्रमितको संख्या बढेपछि दोलखाको २ वटा वडा सिल गरिएको छ । गौरीशंकर गाउँपालिकाको वडा नं. १ र २ को सम्पूर्ण क्षेत्र आज राती १२ बजेदेखि १८ गते राती सम्म लागू हुने गरी सिल गरिएको हो । गाउँपालिकाले आज एक सूचना जारी गर्दै थप मानिसमा कोरोना संक्रमण नफैलियोस् भनि गाउँपालिकाको २ वटा वडा सिल गरिएको सूचित गराएको छ । वडा कार्यालयको च. नं. ३५५ जेठ १२ को पत्रबाट वडा क्षेत्रभित्र प्रवेश निषेध एवं वडा सिल गर्न सिफारिस गरिए बमोजिम वडा क्षेत्रभित्र कुनै पनि किसिमको सवारी साधन प्रवेशमा रोक लगाउने, चिया पसल तथा होटल पूर्ण रुपमा बन्द गराउने, ५ जना भन्दा बढी मानिसहरुको जमघट निषेध गराउने गरी वडालाई सिल गरिएको उल्लेख गरिएको छ ।

Shares

Be the first to comment on "संक्रमित बढेपछि वडा सिल"

Leave a comment

Your email address will not be published.


*