संक्रमित पृतनापतिद्धारा २ हप्ता अगाडी दोलखाको भम्रण

चरिकोट (दीस) – नेपाली सेनाका मध्यपूर्वी पृतनापतिद्धारा २ हप्ता अगाडी दोलखाको भम्रण गरेको खुलेको छ । उनी शनिबार संक्रमितको सूचीमा परेका छन। संक्रमित पृतनापति दोलखामा २ दिन बसेको जनाइएको छ । सदमुकाम चरिकोटस्थित तारादल गणले दुईहप्ता अघि आयोजना गरेको कोरोना भाइरसबाट मृत्यु भएमा उद्धारदेखि दाहसंस्कारसम्म गरिने प्रकृयाको अभ्यासको निरीक्षण गर्न उनी दोलखामा आएको बताइएको छ ।अभ्यास कार्यक्रममा निरीक्षणमा गर्न दोलखाका प्रशासक, प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सञ्चारकर्मी पुगेका थिए । दोलखा भम्रण पछि उनले विरगन्जको भम्रण गरेको बताइएको छ ।पछिल्लो समय विरगन्ज कोरोना संक्रमण देशको इपिसेन्टर जस्तै भएको छ । । उनले १७ दिन अगाडी दोलखाको भम्रण गरेको उनीसँग प्रत्यक्ष सम्पर्कमा आएकाकोमा कोरोनाको संक्रमणको कुनै लक्षण नदेखिएको कोरोना रोकथाम तथा न्युनिकरण जिल्ला स्तरीय समिति दोलखाका प्रबक्ता बिभु झालेले जानकारी दिए । पृतनापतिले दोलखामा भम्रण गरेको १७ दिन भएको कार्यक्रममा सहभागी कसैमा रुघा खोकी नदेखिएकोले अहिले डराउनु पर्ने अबस्था नआएको उनले दावी गरे ।उनले ब्यारेकमा भएको कार्यक्रममा सामाजिक दुरी कायम राखेर कार्यक्रम गरिएको उनले दाबी गरे ।

Shares

Be the first to comment on "संक्रमित पृतनापतिद्धारा २ हप्ता अगाडी दोलखाको भम्रण"

Leave a comment

Your email address will not be published.


*