संक्रमितको सम्पर्कमा पुगेका दाेलखाका ३५ जनामा देखिएन कोरोना

चरिकोट, असार १७
दोलखाको गौरीशंकर गाउँपालिकामा २ जना कोरोना संक्रमतिहरुको सम्पर्कमा रहेका ३५ जनाको पीसीआर रिपोर्ट नगेटिभ आएको छ ।
गौरीशंकर गाउँपालिका स्थित हलेश्वर माविमा बनाइएको क्वारेन्टाईनमा बसेका एक पुरुषमा र एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनिहरुको सम्पर्कमा रहेका क्वारेनटाईनमा सगैँ बसेका व्यक्तिहरु र प्रत्यक्ष सम्पर्कमा पुगेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायत ३५ जनाको स्वाब संकलन गरि पीसीआर परीक्षणका लागि काठमाण्डौं पठाईएको थियो ।  जिल्ला स्वास्थ्य कार्यालय स्वास्थ्य कार्यालय दोलखाका अनुसार बुधबार आएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । यसर्थ उनिहरुमा कोरोना संक्रमण नभएको पुष्टी भएको कार्यालयका प्रमुख विभु कुमार झाले बताए । क्वारेन्टाइनमा १४ दिन बस्नुपर्ने मापदण्ड अनुसार उनिहरुलाइ क्वारेन्टाइनमा राखिने उनले बताए  ।भारतबाट आएका पुरुष र कतारबाट आएकी महिलामा कोरोना संक्रमण देखिएपछि उनीहरुको काठमाण्डौंमा उपचार भैरहेको छ ।

Shares

Be the first to comment on "संक्रमितको सम्पर्कमा पुगेका दाेलखाका ३५ जनामा देखिएन कोरोना"

Leave a comment

Your email address will not be published.


*