संक्रमितको संख्या ३३ हजार नाघ्‍यो : २४ घण्टामा ८५५ संक्रमण

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ३३ हजार पाँच सय नाघेको छ। पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ३३ हजार पाँच सय ३३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

 

यस्तै मन्त्रालयका अनुसार १४ हजार २ सय ५० जना कोरोनाका सक्रिय बिरामी छन्। संस्थागत आइसोलेसनमा आठ हजार पाँच सय ८१ जनाको उपचार भइरहेको छ। होम आइसेलेसनमा भने पाँच हजार ६६९ जनाको उपचार भइराखेको छ। क्वारेन्टाइनमा १० हजार आठ सय ५३ जना रहेका छन्।

२४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १९ हजार ११९ पुगेको छ। मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट  १६४ जनाको मृत्यु भइसकेको छ।

Shares

Be the first to comment on "संक्रमितको संख्या ३३ हजार नाघ्‍यो : २४ घण्टामा ८५५ संक्रमण"

Leave a comment

Your email address will not be published.


*