संकटमा सक्रिय सहयोगी हातहरु

版权归千图网所有,盗图必究

इश्वर बिश्वकर्मा
चरिकोट, जेठ ९
विनाशकारी भूकम्पले भत्काएको, पहिरोले ठेस लगाएको, अनि पीडा र जलनले दुखेका मन । यी यस्ता मनलाई मनकारी मानिसहरुले मल्हम लगाएका थिए त्यो बेला । अहिले कोरोना भाइरसले जनजीवन प्रभावित पारिरहेको छ । धैरैको मन आँतिएको अनि दुखेको छ । यी मनहरुमा मल्हम लगाउन सक्रिय भएका छन्, सहयोगी हातहरु । संकटको बेला एकले अर्कालाई सहयोग र साथ दिनु मानवको महानता हो। यो महानता कोरोनाले दुख दिएको बेला पनि देखाउन र देखिन थालेको छ । दोलखामा स्थानीय सरकारसँगको समन्वयमा कोरोना संक्रमितलाई भोजन खुवाउने देखि अक्सिजन चाहिने संक्रमितलाई अक्सिजनको व्यवस्थापन गर्नेसम्मका अभियान जारी रहेको छ । त्यस्तै कोरोना रोकथामका सामग्री देखि राहत वितरण सम्मका कार्यहरु सहयोगीहरुले गरिरहेका छन् ।
मेरो एक हजार अक्सिजन किन्नलाई
जिल्लाका युवाहरुले ‘मेरो एक हजार अक्सिजन किन्नलाइर्’ भन्ने अभियान सञ्चालन गरिरहेका छन् । जिल्लामा कोरोना संक्रमित दिनादिनु थपिइरहँदा अक्सिजनको अभाव देखिन थालेको छ । यस्तो अभावलाई कम गर्न अभियान सञ्चालन गरिएको हो । गत सोमबारदेखि सञ्चालन गरिएको अभियानमा स्वदेश तथा विदेशमा रहेका करिब १ सय ५० जनाले बैँक मार्फत् रकम जम्मा गरिसकेका छन् । हालसम्म ४ लाख भन्दा बढी रकम जम्मा भईसकेको अभियान्ता गोकर्ण प्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार अभियान अन्तर्गत जोकोहीले पनि सकेको रकम बिष्णु लक्ष्मि साहित्य पुरस्कार समितिको एनसिसि बैङ्क चरिकोट शाखाको खातामा जम्मा गर्न सकिने अभियानका अभियान्ता भण्डारीले बताएका छन् । अभियानबाट संकलित रकमले केही दिनपछि अक्सिजन तथा अन्य स्वास्थ्य सामग्री खरीद गरी कोरोना संक्रमितको उपचार भईरहेको अस्पतालहरुलाई प्रदान गरिने बताइएको छ ।
जसको सहयोगले भरियो १ सय १ वटा सिलिन्डर
प्रेम–पुर्ण–प्रताप फाउन्डेशन नेपाल दोलखाका संरक्षक÷सल्लाहकार पद्यमा प्रधानले दोलखाका अस्पतालका खाली सिलिन्डर भर्नका लागि सहयोग रकम उपलब्ध गराएकी छन् । अक्सिजन चाहिने कोरोना संक्रमित अस्पतालहरुमा बढेपछि अक्सिजन अभाव नहोस् भनेर १ सय १ वटा सिलिन्डर भर्न रकम उपलब्ध गराएकी हुन् । साथै उनले आफ्नो जन्मदिन, फाउन्डेशनको स्थापना दिवसको अवसरमा जेठ ज१२ गते बैतेश्वर गाउँपालिकामा रहेका कोरोना संक्रमितहरुका लागि औषधि तथा स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन् । दोलखामा जन्मिएकी प्रधान हाल अमेरिकामा रहेकी छन् ।
अस्पताललाई औषधि प्रदान
कोरोना संक्रमितको उपचार व्यवस्थापन गरिरहेको सदरमुकाम चरिकोटमा स्थित चरिकोट अस्पताललाई औषधि प्रदान गरिएको छ । कोरोना संक्रमितको उपचारका निम्ति निता राउत फाउन्डेशन दोलखाले आइतबार ४१ हजार बराबरको औषधि अस्पताललाई प्रदान गरेको हो । कोडिन ३ सय पता, कफ सिरफ १ सय ३० फायल, भिटामिन सि १ सय पता प्रदान गरिएको फाउन्डेशनका अध्यक्ष निता राउतले बताइन् । ति औषधि आजैबाट कोरोनाबाट संक्रमित बिरामीलाई वितरण गर्न सुरु गरिएको अस्पतालले जनाएको छ । फाउन्डेशनकी अध्यक्ष निता राउतका अनुसार केही दिनपछि सिंगटी र जिरी अस्पताललाई पनि औषधि वितरण गर्ने तयारी गरिएको बताइन् । अस्पतालमा नपाइने तर कोभिड बिरामीका लागि आवश्यक औषधि प्रदान गरिएको उनले बताइन् । २०७४ चैत्र बाट समाजसेवामा सक्रिय फाउन्डेशनले अघिल्लो वर्षको बन्दाबन्दीमा विभिन्न स्थानका विपन्न तथा असहायलाई खाद्यान्न लगायतका सामग्री वितरण गरेको थियो ।
निःशुल्क भोजनको व्यवस्था
चरिकोट अस्पतालमा भर्ना भएका कोरोना संक्रमित बिरामी, कुरुवा र संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई निःशुल्क भोजन खुवाउने अभियान जारी छ । लालीगुँरास युवा क्लबको अगुवाईमा बैशाख २८ गतेदेखि सुरुवात गरिएको यो अभियानमा विभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग गरिरहेका छन् । यो अभियानले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र उपचाररत संक्रमित र कुरुवालाई खाजा र खाना खान सहज भएको छ । अभियानका अभियान्ता तथा क्लबका अध्यक्ष प्रविन श्रेष्ठका अनुसार संक्रमित तथा स्वास्थ्यकर्मीको हौसला बढाउदैँ भोजन अभियान सञ्चालन गरिएको छ । क्लबका युवाहरुले क्लबको कार्यालयमा खाना र खाजा तयार गर्छन्, अनि अत्यन्त सचेत हुँदै अस्पतालसम्म पुर्याउछन् । अनि स्वास्थ्यकर्मी, कोभिड बिरामी र कुरुवालाई वितरण गर्छन् । यो अभियान जेठ १५ गते सम्मका लागि मात्र भनि घोषणा गरिएको भएपनि पछिसम्म निरन्तरता हुन सक्ने क्लबले जनाएको छ ।
४२ घरपरिवारलाई खाद्यान्न
जिल्लाको बैत्यश्वर गाउँपालिका वडा नं. ८ क्षत्रपाका ४२ घरपरिवारलाई शनिबार राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको छ । स्थानीय युवाहरुको समन्वयमा वडा नम्बर ३ मिर्गेका शक्ति पाख्रिनको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो । प्रति परिवार १ बोरा चामल, ५ केजी नुन, २ लिटर तेल, २ केजी दाल, ६ वटा नुहाउने साबुन, ४ वटा लुगा धुने साबुन वितरण गरिएको वडा कार्यालयले जनाएको छ । जारी निषेधाज्ञाका कारण दैनिक जीवनयापनका लागी राहत स्वरुप राहत वितरण गरिएको हो ।
स्वास्थ्य सामग्री प्रदान
कोरोना भाइरसको संक्रमणले फैलिएको रहेको बेला केही मनकारी मानिसहरुले स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् । जिल्लाको शैलुङ गाउँपालिका वडा नं. ८ मा भैँसे स्थित शैलुङ्गेश्वर स्वास्थ्य चौकीलाई मास्क, सेनिटाइजर, पञ्जा र अक्सिमिटर प्राप्त भएको छ । केही दिन अघि स्थानीय सोनाम शेर्पाले सहयोग गरेका हुन् । त्यस्तै २ दिनअघि बैतेश्वर गाउँपालिका वडा नं. ८ क्षत्रपाका स्थानीय सिताराम कार्कीले स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले २ हजार पिस मास्क, ५ लिटर सेनिटाइजर वितरण गरेका हुन् । गौरीशंकर गाउँपालिकाका वडा नं. २ का सविन खड्काले १ सय २० पिस सेनिटाइजर र हाल चितवनमा रहेका युवा व्यवसायी ३ पिस अक्सिमिटर वडालाई उपलब्ध गराएका छन् ।

Shares

Be the first to comment on "संकटमा सक्रिय सहयोगी हातहरु"

Leave a comment

Your email address will not be published.


*