सिँगटी ग्रामिण आँखा क्लिनिक सञ्चालन

ईश्वर बिश्वकर्मा
चरिकोट, पौष १४
दोलखाको विगुगाउँपालिका वडा नम्बर ४ स्थित सिँगटीबजारमा आँखा क्लिनिक सञ्चालनमा आएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, दोलखा लायन्स आँखा केन्द्र र विगु गाउँपालिकाको संयुक्तरुपमा सञ्चालनमा सोमबारदेखि क्लिनिक सञ्चालनमा आएको हो ।
सोमबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले क्लिनिकको उद्धघाटन गरे ।
क्लिनिकको उद्धघाटन गर्दै समन्वय प्रमुख पाण्डेले स्थानियहरुको सेवा गर्ने उद्धेश्यका साथ क्लिनिक सञ्चालन गरिएकाले क्लिनिकको संरक्षणका लागि समिति निर्माण गर्नुपर्ने बताए ।
विगु गाउँपालिका, कालिञ्चोक गाउँपालिका लगायत उत्तरी क्षेत्रका दुर्गम भेगहरुका स्थानिय बासिन्दालाई सेवा दिन क्लिनिक सञ्चालन भएको भएकोमा प्रमुख पाण्डेले खुसी व्यक्त गर्दै आफ्नोतर्फबाट पनि सहयोग गर्ने बताए ।
कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक भागिरथ बाँनियाले पेट दुखे, टाउको दुखे तुरुन्तै अस्पताल जाने तर आँखाको समस्या आउँदा हेलचेक्यक्राइ गर्नु ठीक नभएको बताए ।
उनले अत्याधुनिक प्रविधि र औषधीसहितको क्लिनिक सञ्चालनले स्थानिलाई आँखा सम्बन्धि समस्या समाधानका लागि सहज हुने बताए ।
क्लिनिक उद्धघाटन कार्यक्रममा क्लिनिकका लागि गाउँपालिकालाई करिब ८ लाखबराबरको आँखाउपचारका लागि आवश्यक सामग्री वितरण गरिएको छ । क्लिनिकमा २ जना आँखाका परिक्षकहरु रहेका छन् । क्लिनिकले सस्तो र सुलभ तरिकाले आँखा परिक्षणका साथै उपचार गरिने क्लिनिकले जनाएको छ ।
क्लिनिकका अनुसार आँखा उपचार सेवालाई समुदायहरुमा प्रदान गरि प्रर्वधनात्मक र उपचारात्मक गरिने छ । क्लिनिका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको व्यवस्था तथा तालिमको व्यवस्था गरिने बताइएको छ ।
विभिन्न पालिका तथा स्वास्थ्य कार्यालयसँग सहकार्य गरि क्लिनिकलाई थप व्यवस्थापन गरिने बताइएको छ ।
स्थानिय बेद बहादुर खड्काले क्लिनिक सञ्चालनमा आएकोमा खुसी लागेको र क्लिनिककलाई निरन्तरता लामो समयसम्म दिइनुपर्ने बताए ।
त्यसैगरि कालिञ्चोक गाउँपालिका ४ का भीम प्रसाद पाठकले आँखाको समस्या आइपर्दा महँगो भाडा तिरेर सदरमुकाम वा राजधानी जान नपर्ने भएकाले खुसी व्यक्त गरे ।
कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, विगुगाउँपालिकाका अध्यक्ष युधिष्ठीर खड्का लगायतले मन्तव्य राखेका थिए ।

Shares

Be the first to comment on "सिँगटी ग्रामिण आँखा क्लिनिक सञ्चालन"

Leave a comment

Your email address will not be published.


*