श्रीमतीको कुरा श्रीमानले हैन भनेपछि……….

                                                          तीन वर्षअघिको बोक्सी प्रकरणः

विशेष समाचारदाता चरिकोट–ठ्याकै ३ वर्षअघि मंसिरकै महिनामा दोलखा जिल्लामा बोक्सी आरोपमा दिसा खुवाइएको घटना चर्चामा रहेको थियो । अदालतबाट घटना प्रमाणित हुन सकेन । सबै आरोपीहरुले सफाइ पाए ।
तत्कालिन हावा गाविस हाल तामाकोसी गाउँपालिका वडा नं. ७ कि तिर्थमाया विश्वकर्मा आफूलाई बोक्सी आरोपमा दिसा खुवाइएको भन्दै चरिकोट आएकी थिइन् । परिवारकै सदस्यले दिसा खुवाएको भन्दै प्रहरीमा जाहेरी दिएकी विश्वकर्माले प्रहरी जाहेरी र अदालतमा दिएको बयानमा आफुलाई बोक्सीको आरोपमा यातना दिइएको र दिसा खुवाएको उल्लेख गरेकी थिइन ।
२०७३ मंसिर १६ गते सरकारी वकिलको कार्यालयबाट जिल्ला अदालत दोलखामा दर्ता भएको उनको मुद्धामा २०७३ फागुन १८ गते फैसला गर्दै अदालतले अभियोग माग दावी पुग्न नसक्ने फैसला गरेको थियो ।
प्रहरीले जाहेरीमा उल्लेख गरिएका २ जनालाई पक्राउ गरि आवाश्यक अनुसन्धान गरेको थियो । अनुसन्धानपश््चात जिल्ला सरकारी वकिलको कार्यालयले बोक्सीको आरोप सजाए र कसुर ऐन २०७२ को दफा ३ को उपदफा ११ (१) को (ङ) बमोजिम सजायको र सोहि ऐनको उपदफा १२ बमोजिम पिडितलाई क्षतिपुर्ती माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो

अदालतले फैसला गर्दा पिडितका श्रीमान रणबहादुर विश्वकर्माले अदालतमा गरेको बयानलाई आधार बनाएको थियो । पिडितका श्रीमान् रणबहादुर विश्वकर्माले अदालतमा ‘मेरो श्रीमतीलाई यी प्रतिवादीहरुले मलमुत्र खुवाएका होइनन् । मलाई मेरो श्रीमतीले बेलुका घरमा यी प्रतिवादीहरुलाई मुद्धा नचलाउने हो भने “म आत्माहत्या गरेर मर्छु ”भने पछि मैले बाध्य भएर श्रीमतीलाई मुद्धा देउ भनेको हो’ भनी बयान दिएका थिए । तर उनले प्रहरीमा कागज गर्दा भने ‘प्रतिवादीहरुले मेरो श्रीमती तिर्थमाया विकलाई तँ बोक्सी होस भनी गालीगलौज गरेको मैले सुनेको हुँ’ भनेकाथिए ।
कानुनी प्रकृयामा गएर पिडकलाई कारवाही गर्दा आफुलाई असुरक्षा महसुस गरेर पिडितले बयान फेर्ने कानुन व्यवसायी प्रोणप्रताप केसी बताउँछन् । ‘सरकारवादी मुद्धामा मेलमिलाप नहुने भएका कारण यसरी बयान फेर्ने अवस्था हुन्छ’, केसीले भने ।

विगु बोक्सीकाण्डका पिडित भन्छनः कुनै पनि हालतमा पछि हट्दैनौ

विगु बोक्सीकाण्डका पिडित परिवारले भने कुनै पनि अवस्थामा आफूहरु पछि नहट्ने बताएका छन् । दीक्षण दैनिकसँग कुराकानी गर्दै पिडितका छोरा भजुराम श्रेष्ठले यो काण्डमा आफुहरुले पिडकलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए । परिवारमाथि पटक पटक ज्यादती भएको बताँउदै श्रेष्ठले भने ‘जति चुप लाग्नु लागियो अव चुप लागिन्न । पिडकलाई कारबाही गरेर मात्रै हामीलाई े न्यायको अनुभुती हुन्छ ।

Shares

Be the first to comment on "श्रीमतीको कुरा श्रीमानले हैन भनेपछि………."

Leave a comment

Your email address will not be published.


*