चरिकोट (दीस) ः नेकपा एमाले दोलखाका जिल्ला कमिटी सदस्य स्व. कपिलमणी न्यौपानेको निधन भएको १३ औँ दिनको तिथीमा मेलुङ गाँउपालिका पवटीमा विहिबार श्रद्वाञ्जली सभा सम्पन्न भएको छ । बिहिबार पवटी स्थित रमाईलो चोकमा एमालेले श्रदाञ्जली सभाको आयोजना गरेको थियो । सभामा एमाले नेता कार्यक्रता तथा स्थानीयहरुले न्यौपानेको तस्वीरमा माल्यार्पण गर्दै श्रदाञ्जली अर्पण गर्नु भएको थियो । सभामा नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङ, एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य धमेन्द्र मोक्तान, गाउँपालिकाका अध्यक्ष हिरा थोकर, वडा अध्यक्ष ईश्वर कोइरालाले सभामा न्यौपानेले समाजमा पु¥याएको योगदानको बारेमा चर्चा गर्नु भएको थियो । नेता न्यौपाने २०३० साल चैत्र १२ गते जन्मनु भएको थियो । न्यौपानेको २०८० फागुन ५ गते निधन भएको हो । १० औँ जिल्ला अधिवेशनबाट उहाँ जिल्ला कमिटी सदस्यमा निर्वाचित हुनु भएको थियो ।
श्रद्वाञ्जली सभा सम्पन्न
Posted By: दीक्षण दैनिक १८ फाल्गुन २०८०, शुक्रबार १२:३५
२५ पुष २०८१, बिहीबार १८:०९
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
२६ पुष २०८१, शुक्रबार ११:४७
हुम्लाको खार्पुनाथमा औषधि अभाव
२६ पुष २०८१, शुक्रबार ११:३७
रास्वपा सभापति लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौँ अदालतमा उपस्थित हुने
२६ पुष २०८१, शुक्रबार ११:४४
Be the first to comment on "श्रद्वाञ्जली सभा सम्पन्न"