शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव–२०७८ को तिब्र तयारी

दीक्षण समाचार/चरीकोट, – पर्यटकीय, धार्मिक एवं रमणीय स्थल शैलुङडाँडामा हुन लागेको शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव–२०७८ को तयारी तीव्र पारिएको छ । शैलुङडाँडाको प्रचारप्रसारका साथै साहित्यलाई प्रवद्र्धन गर्ने उद्धेश्यले आगामी शुक्रबार शैलुङ गाउँपालिकाको व्यवस्थापनमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा महोत्सव हुदँैछ । सो महोत्सवको सफलताका लागि प्रचारप्रसारसँगै तयारीलाई तीव्र पारिएको हो । गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले महोत्सवको लागि २० वटा उपसमिति खडा पारी जनप्रतिनिधि तथा कर्मचारी बीचको छलफलबाट ३० प्रकारको काम विभाजन गरी तीव्रता पूर्वक तयारीका काम भइरहको सुनाउनुभयो । उहाँले भन्नुभयो ‘जनप्रतिनिधिले समन्वय र जनप्रतिनिधिले कार्यकारी गर्ने गरी कामलाई ३० भागमा विभाजन गरिएको छ । जनप्रतिनिधि र कर्मचारीले जिम्मेवारी अनुसारको कार्य गरिरहनुभएको छ। महोत्सवमा पुरै ध्यान केन्द्रीत गरी व्यापक तयारी भईरहेको छ ।’ उहाँले आइतबार मञ्च व्यवस्थापनको लागि स्थान हेरिएको र स्थान छनौट गरिएको सुनाउँदै उहाँले भन्नुभयो‘ महोत्सव सफलताको लागि आ–आफ्नो स्थानबाट सबै सहयोग र समन्वय गर्न आवश्यक छ । त्यसैले सहयोगको लागि अनुरोध गर्न चाहन्छु ।’ महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । शुत्रबार दिनभर चल्ने महोत्सवमा देशभरका चर्चित साहित्यकार तथा कलाकारहरुको प्रस्तुती, स्थानीय कलाकारहरुको प्रस्तुतीको साथै स्थानीय संस्कृति झल्किने विभिन्न झाँकी नृत्यहरु प्रदर्शन गरिने छ । स्थानीय तह गठन पश्चात शैलुङको विकास, वृत्तचित्र तथा फोटोको दृश्यचित्र सो महोत्सवमा देखाइने आयोजकले जनाएको छ। महोत्सवमा २ हजार भन्दा बढी दर्शकको सहभागिता हुनेछ । समुन्द्री सतहबाट करिब तीन हजार पाँचसय मिटर उचाइमा अवस्थित शैलुङडाँडामा एक सयवटा अग्ला र होचा थुम्काहरु रहेका छन् । धार्मिक तथा पर्यटकीय गन्तव्य बनेको शैलुङको प्रचारप्रसारलाई निरन्तरतासँगै पर्यटकीय चहलपहल पनि बाह्रै महिना हुन थालेको छ । अझ यसको प्रचारप्रसार व्यापक गर्न आवश्यक देखिएकोले महोत्सव गर्न लागिएको पालिकाले जनाएको छ । जिल्लामा सांस्कृतिक तथा साहित्यिक महोत्सव हुन नसकिरहेको बेला शैलुङडाँडा हुन लागेको महत्व प्रति सबैको ध्यान गएको छ ।

Shares

Be the first to comment on "शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव–२०७८ को तिब्र तयारी"

Leave a comment

Your email address will not be published.


*