शैलुङ बजारमा हिले महोत्सव २०७६ सुरु

चरिकोट –दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ मा रहेको शैलुङ बजारमा पर्यटन प्रवद्धन गर्न आजबाट “हिले महोत्सव २०७६ ”सुरु भएको छ । परम्परागत रुपमा निकालिने महोत्सवको शैलूङ गाउँपालिकाको सहयोग तथा स्थानीय युवाको संयोजनमा भएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । महोत्सवमा विभिन्न स्टलहरु राखिएको छ । महोत्सवमा विभिन्न झाँकी तथा सांस्कृति झल्कने बस्तु प्रस्तुत गरिएको छ । महोत्सवमा सहभागि हुन विभिन्न स्थानबाट हजारौ पर्यटक महोत्सव स्थलमा आएका छन । यस महोत्सवले शैलुङ तथा दोलखाको पर्यटन विकास गर्न सहयोग पुग्ने पालिकाका अध्यक्ष दुलालले बताए । यस महोत्सवले व्यापार प्रर्वधन गर्न योगदान पुग्ने पनि उनले बताए ।






तस्विर गाउँपालिका अध्यक्ष भरत दुलालको फेसवुक बाट

Shares

Be the first to comment on "शैलुङ बजारमा हिले महोत्सव २०७६ सुरु"

Leave a comment

Your email address will not be published.


*