शैलुङ गाउँपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा देश भरकाे गाउँपालिकामा प्रथम स्थानमा

चरिकोट (दीस) –दोलखाको शैलुङ गाउँपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा देश भरका गाउँपालिका मध्ये प्रथम स्थानमा रहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन फाराम भर्न निर्देशन दिएको छ । सोही अनुसार देश भर स्थानीय तहले हालसम्म भरेको फारम अनुसार अहिलेसम्म गाँउपालिका मध्ये शैलुङ प्रथम स्थानमा रहेको हो ।
देशका ७ सय ५३ वटा स्थानीय तह मध्ये हालसम्म २५३ वटा स्थानीय तहले स्वमूल्यांकन फाराम भरेका छन् । फारम भरेका समग्र स्थानीय तहमा वालिङ नगरपालिका प्रथम भएको छ । उसले ९० अंक प्राप्त गरेको छ । ८८ अंक प्राप्त गर्दै शैलुङ गाउँपालिका दोस्रो स्थानमा रहेको छ । फारम भरेका देश भरका गाउँपालिका मध्ये शैलुङ अहिलेसम्म प्रथम स्थानमा रहेको छ । फारममा सय वटा सुचक सफ्ट्वर मार्फत भर्न मन्त्रालयले देश भरका स्थानीय तहलाई निर्देशन दिएको छ । जसमा स्थानीय तहको सुशासनको अबस्था , पुर्वाधार बिकास , न्यायिक समितिको न्याय सम्पादन , बार्षिक समिक्षा जस्ता कुरा समेटीएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए । पालिकाका सबै मेहेनतले यो उपलब्धी हासिल भएको उनले बताए । दोलखाको शैलुङ गाउँपालिका गत बर्ष बागमती प्रदेशले प्रदेशको सर्वोउत्कृट गाउँपालिका घोषणा गर्दै पुरस्कृत गरेको थियो ।
संस्थागत क्षमता स्वमूल्यांकनमा दोलखाको भीमेश्वर नगरपालिकाले अंक ६३ , जिरी नगरपालिकाले ४५ अंक ,बैतेश्वरले गाउँपालिकाले ३९ अंक, तामाकोसी गाउँपालिकाले ४५ अंक, मेलुङ गाँउपालिकाले ३७ अंक, गौरीशंकर गाउँपालिकाले ४७ अंक प्राप्त गरेका छन् ।
स्थानीय तह सञ्चालन गर्न, स्थानीय तहका असल अभ्यासलाई संस्थागत गर्न तथा सुधार गर्नुपर्ने विषयलाई समयमै पहिचान गरी स्थानीय तहको प्रभावकारीता बृद्धि गर्न यसबाट सहयोग पुग्ने मन्त्रालयले यो फारम भर्न लगाएको हो । मन्त्रालयबाट स्वीकृत कार्यविधि अनुसार प्रदेशस्तरीय प्रशिक्षकको सहयोग लिई सबै स्थानीय तहलाई आफ्नो स्वमूल्यांकन गरी प्राप्त नजितालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा प्रविष्ट गर्न मन्त्रालयले आग्रह गरेको छ । स्थानीय तहको कार्य प्रक्रिया र उपलब्धिको बारेमा लेखाजोखा गरी सबल र दूर्बल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समिक्षाका लागि आधार प्राप्त गर्न स्वमूल्यांकन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार गाउँपालिका तथा नगरपालिकाको बीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय तहको क्षमता स्वमूल्यांकन कार्यविधि यसअघि नै स्वीकृत भइसकेको छ ।

Shares

Be the first to comment on "शैलुङ गाउँपालिका संस्थागत क्षमता स्वमूल्यांकनमा देश भरकाे गाउँपालिकामा प्रथम स्थानमा"

Leave a comment

Your email address will not be published.


*